काठमाडौं : काठमाडौं महानगरपालिकाले ई-लाइब्रेरीको व्यवस्था गर्ने भएको छ। शुक्रबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाको आव २०७९/८० बजेट प्रस्तुत गर्दै यस्तो बताएकी हुन्। उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण तीव्र रूपमा अगाडि बढाउने पनि बताइन्। ‘ई-लाइब्रेरीको व्यवस्था गर्न आवश्यक बजेट व्यवस्था गरेको छु,’उनले भनिन्।उनले मरेका जीवजन्तुका लागि शवदाह गृहको पनि व्यवस्था गर्ने बताइन्। महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ।