आर्मी दोस्रो स्थानमा उक्लियो, एपिएफ शीर्ष स्थानमा यथावत्

चितवन : त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। आज (मंगलबार) भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो।भरतपुर-१९ स्थित शारदानगर माविको मैदानको भएको खेलमा आर्मीलाई जिताउन सपना लामाले ह्याट्रिक गरिन्। यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा कार्की, रश्मि घिसिङ, कुसुम खतिवडा र हेमा चौधरीले समान एक–एक गोल गरे।आर्मीकी खेलको तेस्रो मिनेटमै अग्रता लियो। आर्मीका लागि शर्मिलाले पहिलो गोल गरिन्। १५ औं मिनेटमा दीपाले

सम्बन्धित सामग्री

एथ्लेटिक्समा ९ राष्ट्रिय कीर्तिमान, आर्मी १९ स्वर्णसहित च्याम्पियन

पाेखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी एथ्लेटिक्सकाे अन्तिम दिनको खेल सकिएसँगै सबै ३७ स्वर्णको टुंगो लागेको छ। सर्वाधिक स्वर्ण भएको इभेन्टका रूपमा रहेको एथ्लेटिक्समा १९ स्वर्णसहित आर्मी शीर्ष स्थानमा रहँदा एपिएफ दोस्रो बन्यो। एपिएफले १० स्वर्ण जित्दा, नेपाल पुलिस, लुम्बीन र बागमतीले समान २-२ स्वर्ण हात पारे। ९ राष्ट्रिय कीर्तिमान, तीनवटा जयरानीको नाममा एथ्लेटिक्समा जारी […]

नवौँ राष्ट्रिय खेलकुद: मेडल तालिकामा आर्मीको फराकिलो अग्रता

काठमाडाैँ – नवौँ राष्ट्रिय खेलकुदमा त्रिभवुन आर्मी क्लबले मेडल तालिकामा फराकिलो अग्रता बनाएको छ । ६२ स्वर्ण सहित आर्मी कुल १ सय २९ पदकका साथ शीर्ष स्थानमा रहँदा नेपाल पुलिसल क्लब २३ स्वर्णका साथ ६५ पदकका साथ दोस्रो र एपिएफ १६ स्वर्णसहित ७४ पदकका साथ तेस्रो स्थानमा रहेका छन् । विभागियपछि बागमती प्रदेश चौँथो स्थानमा […]

एएफसी कप छनोटको यात्राः तीन क्लबको तीव्र प्रतिस्पर्धा

सातौं चरणको समाप्तिसम्म शीर्ष स्थानमा रहने र एएफसी लाइसेन्स प्राप्त गरेका चार क्लबमध्ये (मच्छिन्द्र, मनाङ, आर्मी र एपिएफ) एक टोली नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोटका लागि योग्य हुनेछ।

घाइते सावित्राले बाँकी खेल गुमाउने

काठमाडौं । खेलका क्रममा घाइते भएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् । एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी हुन् । उनको खुट्टामा चोट लागेको छ । एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिए । हरेकजसो खेलमा गोल गर्दै आएकी भण्डारीले सोमबार भने गर्न सकिनन् । उनले हालसम्म १० खेलमा ४३ गोल गरेकी छन् । महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो । एपीएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अंक जोडेको छ । एपीएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

एपिएफलाई हराउँदै आर्मी पुनः शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै पुनः शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीको खेलमा एपिएफ आर्मीसँग २-१ ले पराजित भएको हो। आर्मीको जितमा दुवै गोल सन्तोष तामाङले गरेका थिए। यता एपिएफका लागि

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन्। शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ। अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ। तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैद...