युद्धविराम हुनुभन्दा एक घण्टाअघि गाजा क्षेत्रमा चर्को लडाइँ भयो । बन्दुक, तोप र रकेटका डरलाग्दा आवाज ४० मिनेटसम्म लगातार गुन्जिरहे । इजरायलको दक्षिण क्षेत्र र गाजामा त्यसरी पड्केका गोली र बारुद्धको धूवाँ १५ मिनेटसम्म आकाशमा मडारिइरहेका थिए । अक्टोबर ७ को बिहान ६ बजेबाट सुरु भएको युद्ध ४९ औं दिन शुक्रबारसम्म चलिरह्यो । चारदिने अस्थायी युद्धविराम गर्न इजरायल र हमासबीच सहमति भएपछि बिहान ७ बजेबाट युद्ध रोकिएको छ ।