हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत शनिबारको खेल वर्षात्का कारण स्थगित भएको छ । ए डिभिजन टोली सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेन्डस् क्लब काठमाडौंबीचको खेल दिनभरको वर्षात्का कारण मैदान हिलाम्मे भएपछि स्थगित गरिएको हो ।