प्रचण्डको नेतृत्वमा निरंकुश माओवादी पार्टी

काठमाडौँ : तत्कालीन नेकपा माओवादीले प्रचण्डकै नेतृत्वमा १० वर्षे सशस्त्र द्वन्द्वको थालनी गर्यो । २०५२ सालमा प्रचण्डले माओवादी विद्रोहको सुरुवात गर्दा पार्टीमा अरु पनि बौद्धिक र प्रभावशाली नेताहरुको बाहुल्यता थियो । तर २०४६ सालदेखि नै मसालबाट विद्रोह गरेर मोहन वैद्य किरणबाट नेतृत्व पाएका प्रचण्ड त्यसयता निरन्तर नेतृत्वमा छन् । जनयुद्धका लागि जंगल पसेको माओवादी १२ […]

सम्बन्धित सामग्री

'माओवादी जनयुद्ध नभएको भए मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन'

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस विद्रोहकै कारणले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन्। माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन। यो मुलुकमा निरंकुश व्यवस्था र शासनको अन्त्य हुने थिएन। संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रमै रुमल्लिएर बसिरहेको हुन्थ्यो होला। अध्यक्ष प्रचण्डको नेतृत्वमा कुशल प

ओलीले विदेशीको सेवा मात्रै गरे : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले विदेशीहरुको सेवा मात्रै गरेको आरोप पनि लगाउनुएको छ । बुधबार नेकपा (एमाले) को माधव नेपाल समूहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठानेको बताउनुभयो । ओलीमा नेकपा(एमाले)को नेतृत्वमा आएपछि र माओवादीसँग एकीकरण भएपछि पनि शुरु देखिनै गुटगत प्रवृति मात्रै भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘विधि, पद्धतीको सधैँ उल्लंघन गर्नुभयो । संगठनात्मक सिद्धान्तको सधै उल्लंघन गर्नुभयो । पार्टीको निर्णय र सहमतीको पालना गर्नुभएन । त्यसको उल्लंघन गर्नुभयो । सहमतीको सधैँ रटान लगाउने तर स्वेच्छाचारी व्यवहार गर्दै आउनुभयो । अनि जबजको नारा लगाउँदै निरंकुश प्रवृत्ति देखाउनुभयो । र जबजको कुरा गर्ने, राष्ट्रिय पुँजिको विकासको गफ चाही गर्ने, तर दलाल पुजिँवादको सेवा गर्नुभयो । विदेशी तत्वको सेवा मात्रै गर्नुभयो ।’ नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको दाबी गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको रक्षा गरि नयाँ उचाइमा पु¥याउनको लागि रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो , ‘हामीले जुन बाटो समातेका छौँ । जुन हिसाबले अगाडि बढ्न खोजिरहेका छौँ । त्यो ध्वंस गर्नका लागि होइन । निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध बनाउनका लागि हो । कम्युनिष्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनका लागि हो । त्यस हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उदेश्यका साथ आयोजना गरिएको हो ।’ नेता नेपालले नेकपा(एमाले) भित्रको विवादको जड अध्यक्ष केपि शर्मा ओली भएको दाबी गर्नुभयो । केपी ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उहाँको भनाई थियो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला जनताको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भएपनि जबजको हिमायतीको रुपमा प्रस्तुत गरिरहेको उहाँले बताउनुभयो । ओलीले मदन भण्डारीको बिरासत बोकेको भनि नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ...