काठमाडौं : भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी। सनातन धर्मावलम्बी महिलाको विशेष पर्व।सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। सप्तर्षिमा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ पर्र्द