बारा र पर्साका हावाहुरी पीडितलाई प्रदेश नंं ५ का सांसदहरूले एक दिन बराबरको तलब दिने भएका छन्। प्रदेश सभाको आइतबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले सांसदहरूको एक दिनको तलब बराबरको रकम प्रदेश नम्बर २ का मुख्यमन्त्रीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी गराए। सांसदहरूले उक्त निर्णयमा सहमति जनाएका छन्।