काठमाडौँ। नेकपा एमालेका नेता कर्णबहादुर थापाले वरिष्ठ नेता माधवकुमार नेपाल अब एमाले नरहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित खीर खाने कार्यक्रममा बोल्दै थापाले नेपाल एमालेबाट सूर्य चिन्ह लिएर निर्वाचित सांसदलाई काँग्रेस सरकारमा मन्त्री बनाउन जुटिरहेको आरोप लगाए। व्यक्तिगत लाभका लागि गद्दारी गर्नेहरूको कम्युनिस्ट आन्दोलन र पार्टीमा कुनै स्थान नहुने दाबी गर्दै थापाले नेता नेपालको एमालेसँगको सम्बन्ध सिद्धिएको बताए।