सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउँदको हेलिकप्टरमा उद्धार गरिएको छ । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी आज बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो ।
सुर्खेत : डोल्पोबुद्ध गाउँपालिका डोल्पामा कार्यरत उद्यम विकास सहजकर्ता गोविन्दकुमार विकलाई हेलिकप्टरमा उद्धार गर्ने तयारी थालिएको छ। स्थलमार्गबाट अस्पतालसम्म ल्याउन सम्भव नभएपछि पालिकाकै पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए।दुर्गममा काम गरिरहेका कर्मचारीलाई बिरामी हुनेबित्तिकै तत्काल उद्धार गर्न मुस्किल भएपछि हेलिकप्टरको सहारा लिनुपरेको हो। धोबाट डोल्पाको सदरमुकाम दुनै आउन दुई दिन हिँडनुपर्ने भएपछि हेलिकप्टरको
मनाङ– सडक सुविधाबाट वञ्चित मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दै आएको छ । सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ । यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो । मनाङको विकट क्षेत्रमा पर्ने नार्पाभूमि सडकमार्गको पहुँचमा हालसम्म पुग्न सकेको छैन […]
सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेका अनशनरत डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । डा. केसी आफ्नै खर्चमा ४:४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं आउने उनका सहयोगी डा. अमृत जैसीले धनगढीबाट जानकारी दिए ।
बझाङ– बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । लोतु सामुदायिक स्वास्थ्य इकाइ प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी बिहान ६ […]
दक्षिणी रसुवाको ठूलोगाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भीर घााइते भएका एक व्यक्तिको उद्दार गरी उपचारको लागि काठमाडौँ ल्याइएको छ ।
नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई हाल रसुवा उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा पसल व्यवसाय गर्ने ४० वर्षका नारायणबहादुर ढुङ्गेल लडेर घाइते भएका थिए ।
टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा भेटेपछि उपचारको लागि कैलाश एयरको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको डाँडागाउँ प्रहरी चौकीले जनाएको छ ।
उनलाई घाँस काट्नेले भेटेपछि ...
सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकास्थित इन्द्रावती खोलामा एक पुरुषको शव फेला परेको छ ।
बाढीले बगाएका एक जनाको शव इन्द्रावती -७ स्थित खोलामा फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
मृतकको सनाखत हुन सकेको छैन ।
बाढीमा परी हालसम्म ७ जना हराइरहेको सूचना आएको उनले बताए ।
एमाले पार्टी कार्यालयबाट २ जना, रोज रिसोर्टबाट २ जना र अन्य ३ जना जेष्ठ नागरिकको हेलिकप्टरमा उद्धार गरिएको उनले बताए ।
उद्धार गरिएकाहरूको अवस्था सामान्य छ ।
क्षतिको यकिन विवरण आइनसकेको सहायक प्...