मन्त्री महतोको पहिलो निर्णय– सुत्केरी व्यथा लागेकालाई देशैभरीबाट हेलिकप्टरमा उद्धार गरिने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले आज मन्त्री पदको पदभार ग्रहण गरेसँगै चारवटा महत्वपूर्ण निर्णय गरेकी छन् । मन्त्री महतोका स्वकीय सचिव सञ्जित मण्डलले लोकान्तरलाई दिएको जानकारीअनुसार कार्यकालको पहिलो दिन नै मन्त्री महतोले देशैभरि प्रसुती व्यथा लागेका  महिलालाई सुत्केरी गराउनका लागि हेलिकप्टरबाट उद्धार गरिने निर्णयमा हस्ताक्षर गरेकी छन् । राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत यसअघि विकट जिल्लाबाट मात्र हेलिकप्टरमा उद्धारको व्यवस्था थियो । विद्यमान कार्यविधिलाई संशोधन गरेर देशभरिबाट उद्धार गरिने गरी स...

सम्बन्धित सामग्री

बझाङमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

बझाङ– बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । लोतु सामुदायिक स्वास्थ्य इकाइ प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी बिहान ६ […]