चुनावको दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएकाे छ । त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको बताइएकाे छ ।

सम्बन्धित सामग्री

मौकाको फाइदा : चुनावको दिन बालबच्चा सहित लुगा धुन जाँदै ललितपुरका सर्वसाधारण

स्थानीय तहको निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिनुका साथै सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ । अगाडितिर बाटोमै मतदान चलिरहेको बेला बालबच्चा सहित लुगा धुन हिंडेका सर्वसाधारणहरू । तस्वीर : अमर बडुवाल/ आर्थिक अभियान

आयोगको आचारसंहिताले ज्येष्ठ नागरिक र अशक्त मतदातालाई समस्या

निर्वाचन आयोगले ज्येष्ठ नागरिक र अशक्त मतदाताको वर्ग नछुट्याउँदा समस्या भएको ज्येष्ठ नागरिक केन्द्र दाङका उपाध्यक्ष हरिप्रसाद पाण्डेले बताएका छन् । मतदातालाई पार्टीले ओसारपसार गरेमा आचारसंहिता उल्लङ्घन ठहर हुने भनेर उल्लेख गरेपछि त्यसको प्रत्यक्ष मारमा ज्येष्ठ र अशक्त नागरिक परेका हुन् । उनी भन्छन्, ‘निर्वाचन आयोगले आचारसंहिता बनाउँदा ज्येष्ठ नागरिक र अशक्त मतदाताको वर्ग छुट्याएर उनीहरूको ओसारपसारमा पार्टी वा नेतालाई बन्देज गर्न हुँदैनथ्यो । चुनावको दिन सार्वजनिक बिदा हुन्छ, अन्य याता

आजदेखि ६ दिनसम्म विद्यालय बन्द

काठमाण्डाै – आजदेखि ६ दिनसम्म विद्यालय बन्द भएका छन् । पर्सि शुक्रबार हुने पालिका चुनावको लागि आजदेखि विद्यालय बन्द भएका हुन् । धेरै विद्यालमा मतदान केन्द्र भएकाले पनि तयारीका लागि आजैदेखि विद्यालय बन्द गरिएको हो  ।  ३० गते चुनावको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ३१ गते शनिबार परेको छ । जेठदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णयअनुसार १ गते आइतबार पनि बिदा हुने भएको छ । जेठ २ गते बुद्धजयन्तीमा पनि सार्वजनिक बिदा छ । त्यसैले आजदेखि बन्द भएका विद्यालय जेठ ३ गते मात्र खुल्नेछन् ...

रातोपाटी ब्रिफिङ : ७२ जिल्लाको मतपत्र छपाइ सकियो, चुनावको दिन सार्वजनिक बिदा

आज मिति २०७९ साल वैशाख १९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–१. निर्वाचन आयोगका विभिन्न निर्णयनिर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म ७२ जिल्लाको मतपत्र छपाइ सकिएको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनका आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले सो जानकारी दिएका हुन् ।‘आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको छ’, उनले भने । हालसम्म