तेहोरो अंकले बढ्यो नेप्से, सबै कम्पनीको मूल्य बढ्यो, एक दर्जन कम्पनीमा सर्किट

बुधबार शेयर बजार परिसूचक नेप्से तेहोरो अंकले बढेको छ । आज नेप्से सूचक ३.८७ प्रतिशत अर्थात १०४.८८ अंकले बढेको हो । आज कारोबारमा आएका २१७ कम्पनीका १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर खरिदबाट ६ अर्ब १७ करोड ९३ लाख १ सय ५७ रुपैयाँ ६२ पैसाको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबै भन्दा धेरै २३ करोड ३४ लाख, नेशनल हाइड्रोको १८ करोड ४८ लाख, आरएमडिसी लघुवित्तको १६ करोड ९९ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ८.५४ प्रतिशतले तथा विकास बैंक समुह ७.७४ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मूल्य स्थित छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य घटेको छैन । आज एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । 

सम्बन्धित सामग्री

४० अङ्कले बढ्यो नेप्से , कुल २ अर्ब २५ करोडको कारोबार

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से ४०.६८ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २५६८ अङ्कमा पुगेको छ । कुल २ अर्ब २५ करोडको कारोबार भयो । हिजो १ अर्ब ७५ करोडको भएको थियो । १७८ कम्पनीको मूल्य बढ्यो भने १३ को घट्यो, ४ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् […]

८७ अंक बढ्यो नेप्से, डेढ दर्जन कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

सोमबार सेयर बजारको परिसूचक नेप्से ८७ अंकले बढेको छ ।  ८७.६३ अंकले बढेर परिसूचक २६७२ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ४ अर्ब ३० करोड पुगेको छ । यस दिन १८३ कम्पनीको मूल्य बढ्यो भने ३ कम्पनीको मूल्य घट्यो ।

प्रि ओपनमा १८ अंकले बढ्यो नेप्से, ६८ कम्पनीको मूल्य बढ्यो

मंगलबारको प्रि ओपन सेसनमा नेप्से सूचक १८.८३ अंकले बढेको छ । प्रि ओपन सेसनमा सूचक १८.८३ अंकले घटेर २९९९.६२ को बिन्दुमा पुगेको हो ।प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ६८ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको भने मूल्य स्थिर छ । आजको प्रि ओपन सेसनमा ३२  हजार ३  सय ५४ कित्ता शेयर खरिद बिक्रीबाट २ करोड ४ लाख ४ हजार ६ सय ६६ रुपैयाँको कारोबार भएको छ । यस अघि आइतबारको नियमित कारोबारमा नेप्से सूचक १६१.९४ अंकले बढेको थियो ।

११९ कम्पनीको सेयर मूल्य बढ्यो, नेप्से २,८४३ बिन्दूमा

काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १९.१२ अंकले बढेर २,८४३ बिन्दूमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने ‘सेन्सेटीभ इण्डेक्स’ १.२१ प्रतिशत अर्थात् ६.३३ अंकले बढेको छ ।  आइतबार र सोमबार सीमान्त बढेको सेयर मूल्य मापन गर्ने नेप्से परिसूच…