नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उहाँकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो । नेपालका लागि संयुक्त राष्ट्र सङ्घका […]
काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित विभिन्न अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्ने शुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग उहाँकै निवास खुमलटारमा शिष्टाचार भेट गरी अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रिया सफलताको कामना गरेको हो । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि रिचर्ड […]
काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले ‘नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’ भन्दै शुभेच्छा प्रकट गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो ।
नेपालका...
काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो । नेपालका लागि संयुक्त राष्ट्र […]
काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो । नेपालका लागि संयुक्त राष्ट्र […]
काठमाडाैं : नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तरराष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेको छ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तरराष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो। नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका
संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचर्ड होवर्डसहित अमेरिका, वेलायत, अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदूतहरुको संयुक्त प्रतिनिधिमण्डलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । भेटका क्रममा उनीहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने प्रतिवद्धता जनाएका छन् । नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुको भनाइ थियो । साथै भेटमा उनीहरुले गम्भीर म
अब ढुंगागिटी बेचेरै धनी हुने रे । निर्यात हुने गरेको एउटै वस्तु अर्थात् देशभरिका युवा विदेश निर्यात भैसके । अनि खोप किन्न ढुंगै बेचेर भएनि पैसाको जोहो गर्नु परेन ? यो हो नि आर्थिक विकासको नेपाली मोडल । तर यो त अस्थायी मात्र हो । किनकि ढुंगागिटी त केही वर्षमा सकिन्छ । नेपालको विकासको स्थायी मोडल त अर्कै छ । फरक देशको फरक मोडल त हुन्छ नै ।
जनताको सन्दुकबाट जति बढी पैसा बाहिर आयो, देशको अर्थतन्त्र अझ बढी चलायमान हुन्छ भन्ने औजार बन्दोनोमिक्समा हुबहु लागू गरिएको छ । माओवादीको बन्दुकको कुरो किन सम्झिरहनु र, २०७२ कै केस काफी छ ।
जस्तै– अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले अर्थतन्त्रमा नयाँ सूत्र निकालेका थिए । उनको इकोनोमिक्सलाई रेगनोमिक्स वा रेगनिज्म भनिन्छ । जापानका आबेको इकोनोमिक्सलाई आबेनोमिक्स भनियो । बेलायतमा थ्याचरिज्म थियो । सिको गर्ने कुरामा दक्षिणका दरबारियाहरू किन पछि परिरहन्थे र ? त्यहाँ अहिले मोदीनोमिक्स चलिरहेको छ ।
तर, त्यो पूँजीवादी धार भयो । साम्यवादीले त्यसलाई मान्ने कुरै भएन । त्यै भएर उत्तरका बादशाहका पण्डितहरूले चाहिँ विचारधारा वा पथ भन्ने शब्द झुन्ड्याउने गर्छन् । सी विचार भनेर उताका पण्डितहरूले यताका गुुरुभाइहरूलाई कहिले उतै बोलाएर त कहिले यतै आएर बेलाबेलामा गुरुमन्त्र पनि दिने गरेका छन् ।
तर, नेपालीहरूको मन त्यसमा किन लाग्थ्यो ? विश्वमा कसैको पनि उपनिवेश नभएको मुुलुकले अरूको अर्थशास्त्र पछ्याउने कुरै भएन । त्यै भएर देशमा पहिल्यैदेखि सबैभन्दा बढी चल्ने गरेको बन्द भन्ने शब्दमा इकोनोमिक्सको सन्धि गरेर बन्दोनोमिक्स भन्ने मौलिक आर्थिक मोडल तयार भएको छ । यसलाई सबैतिर बन्द गरेरै आर्थिक समृद्धि हासिल गर्ने मोडल भनेर बुझ्दा हुन्छ ।
जो सरकारमा भए पनि प्रतिपक्षमा भए पनि प्रयोग गर्न मिल्नेगरी यो आर्थिक मोडल स्थायी रूपमा फिक्स गरिएको छ । नामै वैज्ञानिक भएपछि बन्दोनोमिक्सको काम त झन् महावैज्ञानिक हुने नै भयो ।
बन्दोनोमिक्सको पहिलो प्रयोग कहिले भयो भन्नेमा विभिन्न मतमतान्तर भए पनि २०४६ सालको नाकाबन्दीबाट भने यसले बलियो स्वरूप पाएको हो भन्नेमा चाहिँ मतान्तर छैन । यसले बोर्डरको दुवैतिरका इधरउधरवालाहरूमा ठूलो आर्थिक समृद्धि ल्याउन सफल भएको थियो । त्यसपछि यस मोडलले व्यापकता लिएको हो ।
२०५० सालतिर मलेखुको पुल भत्केको खबर काठमाडौंमा फैलनासाथ मट्टितेलको भाउ एकैचोटि दोब्बर भएपछि यो मोडल अन्य घटनामा पनि सफल हुने रहेछ भन्ने प्रमाणित भयो । त्यसपछि आकाशमा बादल देखिए पनि भाउ दोब्बर, बाढीपहिरो गए पनि भाउ दोब्बर । इराकमा बम पड्के पनि, समुद्रतिर छाल छड्के पनि भाउ दोब्बर । तर भाउ दोब्बर तेब्बर जति भए पनि किन्ने ग्राहकको कहिल्यै कमी नहुनु बन्दोनोमिक्सको खास विशेषता हो ।
जनताको सन्दुकबाट जति बढी पैसा बाहिर आयो, देशको अर्थतन्त्र अझ बढी चलायमान हुन्छ भन्ने औजार बन्दोनोमिक्समा हुबहु लागू गरिएको छ । माओवादीको बन्दुकको कुरो किन सम्झिरहनु र, २०७२ कै केस काफी छ ।
त्यतिखेर रोटीबेटीवालाहरूले दानापानी बन्द गरे, ग्यासको भाउ १५ हजार रुपैयाँ पुग्यो । तर, न विक्रेताको कमी भयो न क्रेताकै कमी । रोटीबेटीबालाहरूको बोर्डर–धर्ना वर्षौं वर्ष जाओस् भनेर लविङ गर्ने ठूलै जमात थियो त्यस बेला । तर देशको समृद्धि नचाहनेहरूले बोर्डर खुला गरेर बन्दोनोमिक्सलाई ठूलै धक्का दिए ।
‘तँ आँट, म पुर्याउँछु’ भनेझैं बन्दोनोमिक्सका माध्यमबाट आर्थिक समृद्धि ल्याउने कुरामा पोहोर देशले ठूलै फड्को मार्यो । महामारी नियन्त्रण गर्ने नाममा गरिएको लकडाउनका कारण यसले चम्कने मौका पाएको छ ।
गाडी बन्द भएपछि पास वितरण तथा ओसारपसार उद्योग स्थापना भयो । अनि १ हजार रुपैयाँ गाडी भाडा पर्ने ठाउँमा ८ हजार रुपैंयाको व्यापार हुन थाल्यो । प्लेन पनि नियमित उडान बन्द, चार्टर खुला । १० हजारले पुग्ने भाडा अब १ लाख ।
तरकारी, दाल, तेल, नून सबैतिर कहीँ दोब्बर, कहीँ तेब्बर बेरोकटोक व्यापार भएको भयै हुन थाल्यो । सटर बन्द भए पनि सटरको पछाडितिरबाट फोनबाट खुसुक्क हुने व्यापारमा कहीँ मन्दी आएन । दोब्बर पैसा तिरेपछि घरघरै सामान आइपुग्ने ।
बन्द वा लकडाउन जति टाइट गरे पनि व्यापारमा कुनै असर नपर्ने भएकैले यसलाई बन्दोनोमिक्स भनिएको हो । यही कारण सरकारले अर्थतन्त्र उकास्न यसैको सहारा लिएको छ ।
बजार भाउ पनि लकडाउनको स्तर हेरी तय हुन्छ । ठीक ठीकैको लकडाउन भनेपछि भाउ दोब्बर हुन्छ । कडा लकडाउन, चेकजाँच कडा भन्ने समाचार बाहिरिएपछि भाउ तेब्बर वा चौबर हुन्छ । जति कडा बन्द, उत्ति बढी आर्थिक गतिविधि र उत्ति नै बढी भाउ । गज्जब छैन त बन्दोनोमिक्सको नेपाली मोडल ?
जति कडा बन्द भए पनि शेयर बजारको साँढे भने कुदेको कुद्यै गर्छ, साउन महीनामा झैं सधैं हरियोको हरियै हुन्छ । यो सबै बन्दोनोमिक्सकै त कमाल हो ।
बन्दको हजुरबाउ भनिने लकडाउनमा झन् मालामाल हुन्छ अर्थतन्त्र । पोहोरको लकडाउनको बेलामा मुलुकमा डबल डिजिटको आर्थिक वृद्धिदर हुन्छ भनेर डाक्टर खजाञ्चीले यही मोडललाई तथ्यांकसँग फिट गरेरै भनेका थिए । अघिपछि घटेको घट्यै हुने निर्यात व्यापार यही बन्दका बेला २० प्रतिशतले बढ्यो । तथ्यांकले नै बोलि सकेपछि बन्दोनोेमिक्स गलत छ भन्न छ कुनै माइकालालको तागत ?
बन्दोनोमिक्स नबुझेका अल्पज्ञानीहरू यस्तो मोडलमा पैसा एकै ठाउँमा थुप्रिन्छ भन्ने चिन्ता गर्छन् । तर त्यसो होइन । आयको बाडफाँट बडो इमानदारीका साथ हुन्छ । बन्दको वातावरण तयार गरिदिने, बन्द गर्ने, गौंडा कुर्ने, सहजीकरण गरिदिने, संंरक्षण गर्ने सबैले बन्दोनोमिक्सबाट समानुपातिक लाभ लिइरहेका हुन्छन् । साम्यवादका अनुयायीहरू भएपछि समानुपातिक बाँडफाँटमा त लाग्नैपर्यो नि, कसो ?
त्यसैले बरु आउनोस्, तपाईं हामी सबै मिली देशलाई थप समय बन्द गरौं वा गराऔं । बन्दमा फस्टाउने बन्दोनोमिक्सलाई अझ विस्तार गरौं र बन्दमार्फत समृद्धि हासिल गरौं । ‘लण्डन स्कुल अफ इकोनोमिक्स’लाई मात दिनेगरी ‘स्कुल अफ बन्दोनोमिक्स’ नै खोलौं । यसमै नोबेल पुरस्कार पनि पाइहालिन्छ कि ?