स्वास्थ्य सेवातर्फको सचिवमा डा.पोखरेललाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।सोही सिफारिसका आधारमा सरकारले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत दुई वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य प

सम्बन्धित सामग्री

राष्ट्रिय महत्वका कागजपत्र विदेश लैजान मन्त्रिपरिषदको निर्णय अनिवार्य

१२ माघ, काठमाडौं । राष्ट्रिय महत्वका कागजातको सक्कलप्रति विदेश लैजान संघीय मन्त्रिपरिषदको निर्णय अनिवार्य हुने भएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको ‘अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक’ मा यस्तो व्यवस्था छ । मूल ऐनमा दफा ११ ख. १ थपेर ‘कसैले पनि राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने’ […]

अमेरिकाले दिने करीब ८० अर्ब अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २ बैशाख । नेपाल सरकारले अमेरिकाले दिने करीब ८० अर्बको अनुदान सहायता लिने निर्णय गरेको छ । अमेरिकाको विकासको लागि सहयोग निकाय (युएसआईडी)ले दिने विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान लिने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो । मन्त्रिपरिषदको गत चैत्र ३० गते बसेको बैठकले उक्त अनुदान स्वीकार गर्ने […]

दुई आयोग र पदाधिकारीको म्याद थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार ३१ । सरकारले दुई वटा आयोग र त्यसका पदाधिकारीको समयावधि थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसेको मन्त्रिपरिषद बैठकले द्वन्द्वकालीन मुद्दा समाधान गर्न भन्दै गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो । दुबै आयोगका […]

डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार २५। सरकारले प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो […]

आन्तरिक र अन्तर्राष्ट्रीय सबै उडान खुला गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २२ असार । सरकारले आन्तरिक र अन्तर्राष्ट्रीय सबै उडान खुला गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले कोभिड प्रोटोकल फलो गरेर सबै उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए । उनकाअनुसार उडान खुला गर्ने निर्णय भोलि (बुधबार) मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमार्फत गरिनेछ । कोरोनाको दोस्रो लहरका […]

भारतसँग जिटुजीबाट मल खरिद गर्ने मन्त्रिपरिषदको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।

आन्तरिकसँगै भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १९ बैशाख । सरकारले आन्तरिक हवाइ उडान र केही अन्तर्राष्ट्यि उडान रोक्ने निर्णय गरेको छ । आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उ नकाअनुसार बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर आन्तरिक उडानसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय छ । आजको […]

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

न्युज अफ नेपाल काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले आज १ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। पुनर्स्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशन फागुन २३ बाट शुरु भएको थियो। पुस ५ गते प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदलातले फागुन ११ गते बदर गरेपछि […]

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । हिउँदे अधिवेशन २३ फागुनबाट बसेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । The post संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.