रोजगारीका लागि कोरिया जानुभएका गमबहादुर कुँवरले बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै स्वदेश फर्किएपछि त्यस्तै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो ।
गलकोट, साउन २९ । रोजगारीका लागि ‘इपिएस भीषा’मा कोरिया गएका गमबहादुर कुँवरले त्यहाँमा बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झिए । उनले मनमनै व्यवसाय सञ्चालन गर्ने सोच बनाए । पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उनले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाले। बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले नमूना बाख्रा फार्म सञ्चालन गरेर मनग्य आम्दानी मात्रै […]
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।शनिबारदेखि थाइलेण्डको राजधानी बैंककमा सुरु भएको गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालका अनेकौं अवसर भएकाले विदेशमा बस्ने नेपालीले आफ्नो क्षमता र सी […]
कपुरकोट गाउँपालिका–३ दमारखोलाका थमन गिरी १५ वर्षअघि रोजगारीका लागि मलेसिया गए । घरको आर्थिक अवस्था कमजोर भएका उनले १० वर्ष विदेश बस्दासमेत सोचेजस्तो कमाइ गर्न सकेनन् । अहिले विदेशबाट सिकेको सीपलाई प्रयोग गर्दै उनले गाउँमै व्यवसायिक तरकारी खेती गरिरहेका छन् । ‘त्यहाँ बस्दा इजरायली प्रविधिबाट खेती गर्न सिकियो,’ उनले भने, ‘पैसा धेरै नकमाए पनि अहिले त्यही प्रविधि काम लागेको छ ।’ गिरीले थोपा सिँचाइ प्रविधिको प्रयोग गरी टनेलमा बेमौसमी तरकारी उत्पादन गरिरहेका छन् ।
६०% जनसंख्या कृषिमा निर्भर रहेको नेपालमा कृषि उत्पादकत्व भने आशा गरिएअनुरूप बढ्न सकेको छैन । अधिकांश किसानको निर्वाहमुखी पेसाका कारण कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै २७ प्रतिशतमा सीमित हुन...