काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि भोलि मतदाता नामावली प्रकाशन गर्ने भएको छ।आयोगले आज सूचना जारी गर्दै भोलि भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने जानकारी दिएको हो।नामावलीमा भएको त्रुटि सच्याउन भने पर्सि १३ गतेदेखि १५ गतेसम्मको समय दिएको छ।उक्त दुई दिन प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन तथा कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएमा एक ठाउँमा मात्रै राख्न आयोगको कार्यलयमा निवे