वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ।...

सम्बन्धित सामग्री

धौलागिरि अस्पतालमा अझै जोडिएन अक्सिजन प्लान्ट

धौलागिरि अस्पतालमा गत असोजमा जोड्ने भनिएको अक्सिजन प्लान्ट अझै जोडिएको छैन । प्लान्ट नजोड्दा तत्काल जटिल प्रकारका बिरामी बढेमा उपचारमा समस्या हुने भएको छ ।

कपिलवस्तु अस्पतालमा अक्सिजन ग्यास उत्पादन शुरु

कोरोनाको कहरमा अक्सिजनको हाहाकार भई उपचारमा समस्या भएपछि अहिले देशका विभिन्न स्थानमा अक्सिजन प्लान्ट मार्फत अक्सिजन उत्पादन कार्यको शुरुवात भएको छ ।

कपिलवस्तु अस्पतालमा अक्सिजन ग्यास उत्पादन शुरु

कोरोनाको कहरमा अक्सिजनको हाहाकार भई उपचारमा समस्या भएपछि अहिले देशका विभिन्न स्थानमा अक्सिजन प्लान्ट मार्फत अक्सिजन उत्पादन कार्यको शुरुवात भएको छ ।

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडान अन्यौलमा

साउन २८, बैतडी । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडानको काम अन्यौलमा परेको छ । नेपलमा प्लान्ट निर्माणको समान नपाइदा जडान कार्य अन्यौलमा परेको हो । गत असार महीनाभित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको थियो । सम्झौता भएपनि कम्पनीले हालसम्म प्लान्ट जडानको काम शुरू गरेको छैन । प्लान्ट स्थापना गर्न संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेर प्रक्रियमा गएपनि प्लान्ट जडानको सामन नपाएकाले हालसम्म पनि जडानको काम शुरू नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । ‘ठेकेदारले प्लान्ट जडानको समानको अडर भएको र अहिलेसम्म प्राप्त नभएको बताउँदै आएको छ’ उनले भने । आफूसँग स्टोक समान नभएकाले चिनबाट निर्माणको समान मगाएको सप्लायर्सले बताएको छ ।  जिल्ला अस्पताल बैतडी र हेल्थ केयर सप्लायर्स काठमाडौंबिच एक महीनाभित्र जडान गरी सक्ने भनी सम्झौता भएको थियो । सप्लायर्सले समान नपाइएकाले थप एक महीना साउन मसान्तसम्मको समय थप गराएको छ । थप समयमा पनि जडान गर्न नसकिने देखिएपछि अहिले जडानको काम अन्यौलमा परेको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । अहिले तेस्रो लहर आउने सम्भावना बढेपनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने अस्पताले बताएको छ ।  प्लान्ट स्थापना भएपछि कोरोना महामारीका लागि मात्रै नभएर निर्माणाधीन ५० शय्याको अस्पतालका लागि पनि सहयोग पुग्नेछ । जिल्ला अस्पताल बैतडीमा १०० भन्दा बढी अक्सिजन सिलिन्डर छन् भने ३२ ओटा अक्सिजन कन्सन्ट्रेटर छन् ।

स्वास्थ्यकर्मीको अभाव झेल्दै बागलुङका स्थानीय तहका आइसोलेसन

बागलुङ । बागलुङका स्थानीय तहले कोरोना महामारीसँग जुध्न सक्रियता देखाए पनि आवश्यक स्वास्थ्यकर्मी र अक्सिजन नहँुदा संक्रमितको उपचारमा समस्या भएको छ । संक्रमितको उपचारका लागि स्थानीय तहले गाउँमै आइसोलेसन सञ्चालन गरे पनि विशेषज्ञ चिकित्सक र पर्याप्त अक्सिजन नहुँदा गम्भीर प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको स्थानीय तहको गुनासो छ । जिल्लाको काठेखोला गाउँपालिकाले महामारी नियन्त्रणका लागि भीमसेन प्राथमिक विद्यालयको खाली भवनमा १० बेडको आइसोलेसन कक्ष निर्माण गरे पनि विशेषज्ञ चिकित्सक अभावमा गम्भीर बिरामीलाई धौलागिरि अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । ‘गाउँपालिकामा १० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ,’ अध्यक्ष थापाले भने, ‘विशेषज्ञ चिकित्सकका लागि विज्ञापन गर्दा पनि कसैले आवेदन नदिएकाले गम्भीर प्रकृतिका बिरामीलाई उपचार गर्न समस्या भएको छ ।’ गाउँपालिका अध्यक्ष थापाले जिल्ला सदरमुकाम नजिकको पालिका भएकाले बागलुङ नगरपालिकासँग समन्वय गरी १० जनाभन्दा धेरै बिरामी भए नगरपालिकामा पठाइने गरेको बताए । ‘बेड मात्र थप गरेर हुँदैन,’ अध्यक्ष थापाले भने, ‘बिरामीलाई गम्भीर समस्या देखापरे तुरुन्त अस्पताल पु¥याउनुपर्ने समस्या छ । हामीसँग चिकित्सक छैनन् । बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरि अस्पतालका चिकित्सकले समन्वय गरिरहेकाले नगरपालिकासँग समन्वय गरेर गम्भीर बिरामीलाई अस्पातल र नगरपालिकाको आइसोलेसनमा पठाउने गरेका छौं ।’ काठेखालामा जस्तै तमानखोला गाउँपालिका, निसीखोला गााउँपालिकाले पनि त्यस्तै समस्या भोग्नुपरेको छ । पालिकामा विशेषज्ञ डाक्टर नहुँदा गम्भीर बिरामीलाई धौलागिरि अस्पतालमै पठाउनुपर्ने समस्या रहेको पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् । चिकित्सक अभावका कारण बिरामीलाई गाह्रो हुँदा र अक्सिजन लेभल घट्दै जाँदा उपचारका साथै औषधी दिन गाह्रो हुने बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरि अस्पतालका डाक्टरसँग समन्वय गरी काम गरिरहेको उनले बताए । ‘हामीले अस्पतालका डाक्टरसँग समन्वय गरी काम गरिरहेका छौं,’ उनले भने, ‘नगर स्वास्थ्य शाखाको सबै टोली र नगरपालिकाभित्रका स्वास्थ्यकर्मी, विद्यालय नर्सलाई पनि आइसोलेसनमा खटाइएको छ । बिरामीलाई धेरै गाह्रो भए र तिनको समस्या अस्पतालका चिकित्सकलाई बताएर सुझावबमोजिम औषधी दिइने गरिएको छ ।’ बागलुङ नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा अस्पतालमा बेड अभाव भए कम लेबलको अक्सिजन दिनुपर्ने र निको हुँदै गएका बिरामीलाई राख्ने गरिएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए । नगरपालिकाको आइसोलेसनमा अहिले म्याग्दी र गुल्मीका बिरामी पनि उपचाररत रहेको उनको भनाइ छ । धौलागिरि अस्पतालमा लामो समय काम गरेका खनालले स्थानीय तहमा एक्स–रे मेसिन नहुँदा जटिल प्रकारको निमोनिया पहिचानका लागिसमेत समस्या हुने गरेको बताए । ‘चिकित्सक र एक्स–रे मेसिन नहुँदा स्थानीय तहमा कोभिड बिरामीको उपचारका लागि समस्या हुन्छ,’ उनले भने, ‘बिरामीको फोक्सोको अवस्था र कुन औषधी दिने भन्नेमा चिकित्सकसँग सल्लाह लिनुपर्ने भए पनि कतिपय स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा चिकित्सक नहुँदा समस्या भोग्नुपरेको छ ।’ बागलुङको जैमिनी नगरपालिका– १ जना, ढोरपाटन नगरपालिकाले आइसोलेसन निर्माण गरेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना, गल्कोट नगरपालिकामा २ जना, बडिगाड गाउँपालिकामा १ जना, बरेङ गाउँपालिकामा १ जना र ताराखोला गाउँपालिकामा १ जना विशेषज्ञ चिकित्सक रहेको पालिकाहरूले जनाएका छन् । पालिकामा विशेषज्ञ डाक्टर भए पनि अक्सिजनको प्राप्त सुविधा नभएकाले हाइफलो अक्सिजन दिनुपर्ने बिरामीलाई अस्पतालमै पठाउनुपर्ने बाध्यता छ । यस्तै, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट नगरपालिका र जैमिनी नगरपालिकामा मात्र एक्स–रेको सुविधा भए पनि अन्य पालिकामा यस्तो सुविधा नभएकाले उनीहरूले पनि कोरोनाका बिरामीलाई समस्या भए धौलागिरि अस्पतालमै पठाउनुपर्ने अवस्था छ । बागलुङमा काठेखोला गाउँपालिकामा १० बेड, बागलुङ नगरपालिकामा ३५ बेड, गल्कोटमा ११ बेड, ढोरपाटनमा १० बेड, जैमिनीमा १० बेड, बरेङ गाउँपालिकामा ५ बेड, निसीखोलामा १५ बेड, तमानखोलामा १० बेड, बडिगाडमा १० बेड र ताराखोलामा १५ बेडको आइसोलेसन कक्ष छन्  । यस्तै, १० पालिकामा १ सय २७ वटा मात्रै अक्सिजन सिलिन्डर रहेका छन् । काठेखोला गाउँपालिकामा ३ वटा, बागलुङ नगरपालिकामा २५ वटा, गल्कोटमा १४ वटा, ढोरपाटनमा २१ वटा, जैमिनीमा ६ वटा, बरेङमा ८ वटा, निसीखोलामा ६ वटा, तमानखोलामा ८ वटा, बडिगाडमा २७ वटा र ताराखोला गाउँपालिकामा ९ वटा अक्सिजन सिलिन्डर छन् । २५ बेडको आइसोलेसन कक्ष रहेको धौलागिरि अस्पतालमा ३ बेडको सघन कक्ष (आईसीयू) रहेको छ । अक्सिजन प्लान्ट रहेको अस्पतालमा १ सय २९ वटा अक्सिजन सिलिन्डर रहे पनि २४ घन्टामा अक्सिजन प्लान्टबाहेक ९१ वटा अक्सिजन खपत हुने गरेको धौलागिरि अस्पतालकी व्यवस्थापन अधिकृत प्रमिला ढकालले बताइन् ।

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

धरान । कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ। प्लान्ट बिग्रिएर अक्सिजन आपूर्ति हुन नसकेपछि तीन दिनदेखि कोभिड अस्पतलामा भर्ना भएका विरामीहरुलाई सिलिण्डरमार्फत प्रतिष्ठानले अक्सिजन दिइरहेको छ भने नयाँ संक्रमित भर्ना गर्नलाई पनि अनाकानी गर्न थालेको छ। प्रतिष्ठानको अक्सिजन प्लान्टमा बिहीबारदेखि समस्या... The post वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या appeared first on Purbeli News.

उद्योग संघले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

मकवानपुर : हेटौंडा र उद्योग संघ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने भएको छ।अक्सिजन अभावमा अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको उपचारमा समस्या हुन थालेपछि संघले अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न लागेको हो। मकवानपुरमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नहुँदा अन्य जिल्लाको भरमा बस्नु परेको भन्दै संघले अस्पतालमा नै प्लान्ट स्थापना गर्न लागेको संघका अध्यक्ष लेखराज पोखरेलले बताए।पोखरेलले एक महिनाभित्र अस्पतालमा

उपत्यकाका स्थानीय तह अक्सिजन प्लान्ट स्थापना गर्दै

काठमाडौं :  अक्सिजन अभावमा काेराेना संक्रमित बिरामीहरुकाे  उपचारमा समस्या उत्पन्न भइरहेका बेला उपत्यकाका केही स्थानीय तहले अक्सिजन प्लान्ट सञ्चालन ल्याएका छन्।  काठमाडौं महानगरपालिकाको लगानीमा वैशाख १९ गतेबाट गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएकाे छ। नगरपालिकाले यसको लागि करिब दुई करोड ७५ लाख रुपैयाँ अस्पताललाई उपलब्ध गराएको थियो।  महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने छ। प्ला...

कपिलवस्तु नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने

अक्सिजन अभावले कोरोना संक्रमितको उपचारमा समस्या आएपछि कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेको छ ।

डोल्पामा अक्सिजन प्लान्ट संचालनमा नआउँदा कोरोना संक्रमितको उपचारमा समस्या

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा नआउँदा कोरोना संक्रमितको उपचारमा समस्या भएको छ । कोरोना संक्रमितको उपचारको भरपर्दो माध्यम मानिएको अक्सिजन नै संचालनमा नहुँदा २४ सै घण्टा अक्सिजन दिनु पर्ने विरामीको लागि समस्या भएको हो ।...