संघीय सरकारले जुम्लामा १५ शैयाको आयुर्वेद अस्पताल निर्माण गर्ने भएको छ । यहाँको चन्दननाथ नगरपालिका–१० बोहोरागाउँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रलाई विस्तार गरी १५ शैयाको आयुर्वेद अस्पताल निर्माण गर्ने भएको हो । कर्णाली प्रदेशअन्तर्गत रहेको कर्णाली आयुर्वेद औषधालयको रूपमा स्थापित स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी अस्पताल बनाउन संघीय सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रूपमा […]