काठमाडौं, २२ पुष । सरकार निर्माणलगत्तै सत्ताको डोरबाग समातेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका उपप्रधानमन्त्रीहरु अहिले निर्देशन दिनमा ‘खप्पिस’ देखिएका छन्। प्रधानमन्त्रीको कृर्सी सम्हालेलगत्तै निर्देशन दिइरहेका ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने त सञ्चारकर्ममै छदाँदेखि नै खरो स्वभावमा निर्देशन दिन माहिर मानिन्छन्। त्यही सिको गर्दै होला उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री पनि निर्देशन दिइरहेका छन्। […]