काठमाण्डौ – आईएमई पे र गोल्डस्टारबीच सम्झौता भएको छ । आज बिहीवार यी दुईबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार गोल्डस्टार जुत्ता किन्दा अब आईएमई पेबाट भुत्तानी गर्दा ३० प्रतिशतदेखि तीन सय रुपैयाँसम्मको छुट पाइने भएको छ । सम्झौतापत्रमा आईएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गर्नुभयो ।
वैशाख २३ (शुक्रवार) देखि सुरु हुने यो अफर सीमित समयका लागि हो । यसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेकआउटमा ३...