काठमाण्डाै - सर्वोच्च अदालतको फुलकोर्ट अर्थात पूर्ण बैठक आज बस्दै छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न पूर्ण बैठक बस्न लागेको हो ।
आजको बैठकले आउँदो बुधवारदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने सम्भावना छ । सर्वोच्च अदालतका १९ जना न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एसाेसिएशनका प्रतिनिधिसँग आउँदा दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको गएको २ गतेको पूर्ण बैठकले गो...