काठमाडौं : पछिल्लो राजनीतिक अवस्थापछि प्रतिनिधिसभामा पार्टीको भूमिकाबारे छलफल गर्न जनता समाजवादी पार्टीले मंगलबार संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभा पुनर्स्थापना र त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बारे सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिबारे छलफल गर्न संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय ग्वार्कोमा दिउँसो १ बजे बोलाएको हो।नेकपाबारे सर्वोच्चले गरेको पछिल्लो फैसलाले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण खारेज भएपछि दुवै पार्टी पूर्वपार्टीकै अस्तित्वमा गए