महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही, यात्रुको पैसा फिर्ता गराइयो
चाडपर्वको माैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ ।
सर्लाहीको चन्द्रनगरमा गाउँब्लक जग्गाको लालपुर्जा दिने भन्दै विपन्नसँग असुलेको पैसा फिर्ता भएको छ । चन्द्रनगर गाउँपालिका– ४ स्थित गाढाटोलका विपन्न मुसहर र दलित परिवारसँग घडेरीको लालपुर्जा दिने भन्दै असुल गरेको पैसा...
हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले चीनमा मुद्दा जितेपछि करिब डेढ अर्ब रकम फिर्ता पाएका छन् । यी २ बैंकले एक दशक लामो प्रयासपछि पैसा फिर्ता पाएका छन्। मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुल उपर सम्बन्धी मुद्दा चीनको अदालतमा सुनुवाइ भएको थियो । गत साउन १५ गते यी २ बैंकले मुद्दा जितेका हुन् । मुद्दाको अन्तिम फैसला भएको २० दिनपछि बैंकले सबै पैसा फिर्ता पाएका छन् ।बैंक अफ काठमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो तथा हिमालयन बैंकले ६६ लाख ५० हजार अमेरिकी डलर फिर्ता पाएको हो । यसअघि, २ वर्षअघि पनि यी २ वटै बैंकले मुद्दा जितेका थिए । तर, मुद्दा हारेको पक्ष माथिल्लो अदालत गएको थियो । नेपालका बैंकले मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले पैसा फिर्ता गरिदिएको हो ।