अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा प्राविधिक त्रुटि रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा बुधबार मन्त्री शर्माले सो नियमावलीको एघारौँ संशोधनमा देखिएका प्राविधिक त्रुटि संशोधन गर्ने आश्वासन पनि दिनुभयो ।