सहमतिमै साझा सभापति उम्मेदवार – प्रकाशमान सिंह

मोरङ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमतिमै सभापति उम्मेदवार चयन लागि छलफल जारी रहेको बताएका छन्। विराटनगरमा जिल्लाका पूर्वसचिव यदु विष्टको आमाको निधनमा समवेदना दिन आएका कांग्रेस केन्द्रीय सदस्य सिंहले देश सञ्चारसँग सभापतिमा धेरैको आकांक्षा देखिए पनि १४ औं महाधिवेशनले निष्ठावान, सक्षम एकलाई रुचाउने बताए। नेता सिंहसँगै डा. शेखर कोइराला, डा. शशांक कोइराला, विमलेन्द्र […]

सम्बन्धित सामग्री

प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका हुन् । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न […] The post प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आउनुभएको छ । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । कांग्रेसको साधारण सदस्य […]

काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले जितेको उनकी पत्नी सिर्जना सिंहले जानकारी दिएकी छिन् । सिंहले ७१४० मत ल्याएका हुन् । उनका निटकतम प्रतिस्पर्धी मिश्रले ७०११ मत ल्याए ।

प्रकाशमान सिंह र विमलेन्द्र निधि कता ?

काठमाडौं, ६ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रतिष्पर्धामा पराजित भएपनि प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणको प्रतिष्पर्धामा निर्णायक शक्ति देखिए । उनीहरुकै निर्णयले शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । सिंह र निधिको राजनीतिक भविष्यबारे कतिपयले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । तर, सिंहको काँग्रेस राजनीतिमा काठमाडौं उपत्यकामा बलियो पकड कायमै देखिएको छ । […]

बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे प्रकाशमान सिंह

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार प्रकाशमान सिंह बाजागाजासहित उम्मेदवारी दर्ता गराएका छन् । सिहंले अपरान्ह ३:२० मा सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।प्रकाशमानको प्यानलबाट काँग्रेस नेत्री सुजाता कोइरालाले पनि आजै उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनीहरु आजै उम्मेदवारी घोषणा गरेका थिए ।

प्रकाशमान सिंह काँग्रेस सभापतिका लागि संस्थापनइतरको साझा उम्मेदवार !

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरबाट प्रकाशमान सिंह साझा उम्मेदवार हुने भएका छन् । उनको नामबारे सहमति बनेको बुझिएको छ । सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् । महामन्त्री डा. सशांक कोइराला ब्याक भइसकेका छन् । उनले पनि साझा […]

म नेचुरल क्यान्डिेट हुँ:-प्रकाशमान सिंह

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने कुरामा विश्वस्त छन्। नेता सिंहले आफू प्रकृतिक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको बताएका हन्। उनले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै बैठक बसे पछि आज निर्णयमा पुग्ने बताए। आफू नेतृत्वमा पुगेपछि पार्टीलाई आफूले पाएको अनुभवबाट सुदृढ र संस्थागत गर्ने दावी गरेका छन्।

प्रकाशमान सिंह रामचन्द्र पौडेलविरुद्ध आक्रामक

काठमाडौं, २४ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्वमहामन्त्री प्रकाशमान सिंह आक्रामक बन्दै गएका छन् । उनले पौडेल संयोजक रहेको राजनीतिक समन्वय समितिमाथि प्रश्न उठाएका छन् । आज गणेशमान सिंहको १०७औं जन्मजयन्तीको अवसरमा सिंहले राजनीतिक समन्वय समिति आवश्यक नभएको बताए । समितिको संयोजकमा पौडेल छन् । उनले पछिल्लो समय सभापति शेरबहादुर देउवासँग निकटता […]

प्रकाशमान सिंह किन आक्रामक ?

काठमाडौं, २० असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह पछिल्लो समय आक्रामक अभिव्यक्तिका कारण चर्चामा छन् । कुनै हालतमा सभापतिको उम्मेदवारीबाट ब्याक नहुने अठोट गरेका सिंह पालिका तहसम्मको अधिवेशनको परिणामबाट उत्साही भएका छन् । उनको पकड क्षेत्र काठमाडौं उपत्यकामा दुई तिहाई प्रतिनिधि आफू पक्षधर आएको आँकलनका साथ सिंह उत्साही भएको बुझिएको छ । सिंहको चाक्सीबारीस्थित […]

दाँतको समस्याले प्रकाशमान सिंह अस्पतालमा

काठमाडौं, १३ भदौ । दाँतको समस्या आएपछि नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल पुगेका छन् । उनको वीर अस्पतालका चिकित्सक डा. शैली प्रधानको टोलीले परीक्षण गरेको छ । सिंहका सहयोगी युपी लामिछानेका अनुसार सिंहको दाँतमा केही समस्या आएको थियो । उपचारपछि सिंहले सहज महशुश गरेका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको दाबेदार सिंहले पछिल्लो […]