प्रकाशमान सिंह काँग्रेस सभापतिका लागि संस्थापनइतरको साझा उम्मेदवार !

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरबाट प्रकाशमान सिंह साझा उम्मेदवार हुने भएका छन् । उनको नामबारे सहमति बनेको बुझिएको छ । सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् । महामन्त्री डा. सशांक कोइराला ब्याक भइसकेका छन् । उनले पनि साझा […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहलाई साझा उम्मेदवार तय गर्नै सकस

काठमाण्डाै - नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ । नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ । संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् । ...

रामचन्द्रलाई सभापतिको साझा उम्मेदवार बनाउने इतरपक्षको निर्णय

काठमाडौं : कांग्रेसमा संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुको भेलाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा भएको भेलाले वरिष्ठ नेता पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउन सहमति जुटाएको हो।युवानेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई पदाधिकारीमा व्यवस्थापन गर्न पनि उनीहरुले सुझाव दिएका छन्।छलफल सकेर युवा नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका छन्। अ

पौडेल समूहले आज पनि साझा उम्मेदवार तय गर्न सकेन, भोलि फेरि बैठक बस्ने

काठमाडौँ– सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूह बुधबार पनि असफल भएको छ । गत आइतबारयता लगातार सभापतिका आकांक्षी र नेताहरुबीच छलफल भए पनि साझा उम्मेदवार टुंगो लगाउन नसकेको हो । बुधबार गणेशमान भवन चाक्सीबारीमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. […]

साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल पक्षको छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल जारी छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापतिलगायत पदका आकांक्षीहरु छलफलमा बसेका हुन् । मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न […]

चाक्सीबारीमा भेला भए संस्थापन इतरका नेता, कसलाई बनाउने साझा उम्मेदवार ?

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि साझा उम्मेदवार छनोट गर्न संस्थापन इतर समूहको भेला सुरु भएको छ। सभापतिका आकांक्षी प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक सुरु भएको हो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला लगायतका नेताको सहभागी छन्। मंगलवार चाक्सीबारीमा भएको बैठक निष्कर्षबिहीन भएको…

कांग्रेसमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन दबाब

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेतालाई दबाब दिएका छन्।बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न दबाव दिएको हो।वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरूसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एकजनालाई साझा उम्मेदवार दिन दबाब द

काँग्रेसका ४ नेताको बैठकले साझा उम्मेदवार तय गर्न सकेन

नेपाली काँग्रेसको संस्थापन इतर पक्षको बैठकमा साझा उम्मेदवार चयन गर्नेबारे छलफल भएपनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।  संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइराला १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेपनि सहमति जुट्न नसकेको हो । रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमबार साँझ भएको छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति नभएको बताइएको छ । बैठकमा महामन्त्री समेत रहेका डा शशांक कोइरालाले आफ्नो पक्षमा माहोल र...

काँग्रेस सभापतिका लागि दुई दिनभित्र संस्थापनइतरको साझा उम्मेदवार तय गर्ने सहमति

काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसको सभापतिका लागि संस्थापनइतरले दुई दिनभित्रै साझा उम्मेदवार तय गर्ने भएको छ । आज वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका दाबेदार ४ नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पौडेलसहित महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी थिए । ४ […]

‘रामचन्द्रजीको प्रस्तावकै सेरोफेरोबाट साझा उम्मेदवार तय गर्छाैं’

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मंसिर १५ गतेसम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गरिने बताएका छन् । त्यसो हुन नसके आफै पनि सभापति लड्ने मनस्थितिमा छन् । संस्थापनइतरका नेताहरुलाई मिलाउन निरन्तर प्रयास गरिरहेका नेता केसीले वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावकै वरिपरि सहमति खोजेर साझा उम्मेदवार चयन गर्ने बताए । ‘कि तपाईंहरुमध्ये (शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला) एक भएर आउनुस्,’ केसीले पौडेललाई उद्धृत गर्दै भने, ‘होइन भने मेरो नाममा सहमति गरौं भनेर