बैतडी : कोरोना संक्रमितको उपचारका लागि जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ। अस्पतालले थप १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। ५० शय्याको निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकै बेला जिल्ला अस्पतालले कोरोना भाइरस महामारीसँग जुध्न थप १० शय्याको वार्ड सञ्चालनमा ल्याएको हो। यसअघि जिल्ला अस्पतालमा १८ शय्