वीरगन्ज । काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको रहेपनि सरकारी उपेक्षाका कारण धरासायी बन्दै गइरहेको छ । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले प्राथमिकतामा नराखेका कारण दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको हो। रंगशालाको मैदान र प्यारापिट कामै नलाग्ने भएपछि यस क्षेत्रका खेलप्रेमी र खेलाडीले विकल्प खोज्न थालेका छन् । […]