काठमाडौं : श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मुलढोकामा टाँसेर मनाइँदै छ।यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टिले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिन्छ।