कञ्चनपुर– वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ वटा स्वचालित (सेन्सरयुक्त)बत्ती जडान गरिएको छ । बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा २९ वटा पोलमा बत्ती जडान गरेको हो । समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार […]
काठमाडौँको मुटुमा विराजमान सिंहदरबार देशकै शासन–प्रशासनको धड्कन थियो। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौ अपराह्नदेखि यो ऐतिहासिक भवनको मुटु धड्किन छोडेको छ। मोबाइल फोनमा जब सिंहदरबारमा ज्वाला दन्केको देखेँ, विश्वास नै गर्न सकिनँ। जे देखिरहेको थिएँ, त्यो अकल्पनीय थियो। आन्दोलनको पहिलो दिन १९ युवा मारिएको घटनाले पहिल्यै मर्माहत बनाइसकेको थियो। कलिला युवाको हत्याले आधा मरिसकेको […]
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले चार्ली कर्कको हत्यापछि राजनीतिक सङ्कट आउन सक्ने चेतावनी दिएका छन्। पेन्सिलभेनियामा आयोजित कार्यक्रममा बोल्दै ओबामाले आफू कर्कलाई व्यक्तिगत रूपमा नचिन्ने र उनका धेरै विचारसँग असहमत रहेको भए पनि उनको हत्या “भयानक र दुःखद” भएको बताए। उनले विगतका रिपब्लिकन राष्ट्रपतिहरूले तनावपूर्ण अवस्थामा राष्ट्रिय एकतामा जोड दिएको स्मरण गराए। तर, डोनाल्ड ट्रम्पले […]