काठमाडौं। भाइरोलोजिष्ट डा.विराज कर्माचार्यले विश्वमा उच्च दरमा कोरोना संक्रमण फैलने राष्ट्रको सूचीमा नेपाल धेरै आगाडी रहेको बताएका छन्। स्वास्थ्य मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा उनले गत साताको तुलनामा यस साता नेपालमा कोरोना संक्रमण २४१ प्रतिशतले बढेको बताए। संक्रमितको संख्या झण्डै २.५ गुणाले बृद्धि भएको डा. कर्माचार्यले बताए। सङ्क्रमण दर भारतमा ६०, पाकिस्तानमा ८० र माल्दिभ्समा १० प्रतिशत रहेको छ।