२० औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर सुरक्षित घर अभियान नेपालको शुक्रवार काठमाडौमा शुभारम्भ भएको छ । २० औँं भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले भूकम्प सुरक्षा दिवसको तयारीको अवस्था तथा भूकम्प सुरक्षा दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रम र गतिविधिहरुका बारेमा जानकारी गराउन शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनका क्रममा उक्त अभियानको शुभारम्भ गरिएको हो ।