विराटनगर / मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ को सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज (आइतबार) बस्दै छ । दिउँसो २ बजे बैठक बोलाइएको छ । त्यसको तयारीका लागि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बैठकको कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका...