काठमाडौँ । काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदल यात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै पैदल यात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका […]
फ्लाभियोले अमेरिकासँग निकट सम्बन्ध र ट्रम्प प्रशासनसँग राम्रो सम्झौता गर्ने प्रतिबद्धता अघि सारेका थिए। लुलाले भने अमेरिकी भन्सार शुल्क र ब्राजिलमाथिको दबाबलाई राष्ट्रिय सार्वभौमिकताको मुद्दासँग जोडेका थिए।
काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आज परेरालाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपीएलको तेस्रो […]
सुनसरी, ९ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीका अनुसार, पक्राउ पर्नेमा स्थानीय […]