चिसो बढेपछि घाम ताप्दै चौरमा पढाइ

चिसो बढेपछि हिमाली जिल्ला ताप्लेजुङमा विद्यार्थीहरू घाम ताप्दै चौरमा बसेर पढ्न थालेका छन् । अत्यधिक चिसो बढेपछि विद्यालयको खुला चौरमा घाम तापेर विद्यार्थीहरू अध्ययन गर्न थालेका हुन् ।

सम्बन्धित सामग्री

चिसो बढेपछि खेतमा पढाइ

कर्णाली नदीको किनारमा रहेको सर्केगाड गाउँपालिका–२ र ३ को लिप्नेमा सञ्चालन हुँदै आएको लालीगुराँस माध्यमिक विद्यालयका विद्यार्थी खेतमा बसेर पढ्दै आएका छन् । विद्यालयको कक्षाकोठामा घाम नलागेर चिसो बढ्ने भएपछि विद्यार्थी खेतमा बसेर पढ्नु परेको हो । कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा फडेराले चिसोका कारण कक्षामा बसेर अध्ययन गर्न कठिन हुन थालेपछि खेतमै घामको पारिलो तापसँगै पढ्नु परेको बताउनुभयो । कर्णाली नदीको किनारमा विद्यालय रहेका कारण कक्षाकोठामा चिसो बढी हुने भएकाले विद्यालयले नै खेतमा पढाउने व्यवस्था गरेको उहाँले जनाउनुभयो । विद्यालयमा दैनिक दुई घण्टा मात्र घाम लाग्ने गर्छ ।

चिसाले चौरमा पढाइ

हिमपातका कारण धेरै चिसो बढेपछि मुगुका सामुदायिक विद्यालयहरूले चौरमा पढाउन थालेका छन् । कक्षाकोठामा बस्दा चिसाले विद्यार्थीका हातखुट्टा कठ्याङ्ग्रिन थालेपछि घाम लागेका ठाउँमा कक्षा सञ्चालन हुने गरेको हो ।