कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथ, २ जना मन्त्री नियुक्त

काठमाण्डाै – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिनुअघि कार्कीले दुई जना मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसका सांसद शम्शेर राई र एमालेका संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । दुवै जना मन्त्री इलामका हुनुहुन्छ । मुख्यमन्त्री कार्कीसहित दुवै जना मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ । कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश : मन्त्रीहरूले लिए शपथ

दाङ : लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका थिए। दाङको राप्ती गाउँपालिका गौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख शेरचनले शनिबार नियुक्त भएका ७ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट १/१ जना मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्रबाट आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री...