गरिमा क्यापिटलको छैटौँ साधारणसभा सम्पन्न

गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा राजधानीको बूढानीलकण्ठमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन पनि स्वीकृत भएको छ । साधारणसभाले आषाढ मसान्तमा कायम चुक्ता पूँजी एघार करोड एकासी लाखको १५.६५ प्रतिशतले हुन आउने रकमको एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ । साधारणसभाबाट पाँच (५) जना सञ्चालकहरु निर्वाचित समेत भएका छन्

सम्बन्धित सामग्री

गरिमा क्यापिटलको छैठौं साधारण सभा सम्पन्न, ५ जना सञ्चालक निर्वाचित

वैशाख १२, काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत शुक्रवार पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो । सभाले असार मसान्तसम्म कायम चुक्तापूँजी ११ करोड ८१ लाखको १५ दशमलव ६५ प्रतिशत (कर प्रयोजनसहित) हुन आउने रकम रू. १ करोड ८४ लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृति दिएको छ । त्यसैगरी उक्त सभामा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन पनि भएको छ । सञ्चालकमा निर्वाचित हुनेमा दिपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठ नियुक्त भएका हुन् । त्यस्तै सञ्चालक समितिको अध्यक्षमा दिपक पाण्डेय मनोनित भएका छन् ।