विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकेलिँदै गएको नेपाल राष्ट्रका पूर्व गर्भनर चिरञ्जिवी नेपालले बताएका छन् । बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वगर्भनर नेपालले यस्तो बताएका हुन् ।कोरोना भाइरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तार अहिलेसम्मकै सबैभन्दा धेरै ३२ प्रतिशत बढी गरेको बताए । जबकि, मौद्रिक नीति १९ प्रतिशत रहेको वेला लगानी गर्नु अशोभ