दक्षिण एसियाली मुलुक श्रीलंकामा अहिले चरम आर्थिक संकटको स्थिति छ । विदेशी मुद्रा सञ्चितिको अवस्था दयनीय भएकाले आयातमुखी अर्थतन्त्र धर्मराएको हो ।
अघिल्लो साता श्रीलंका सरकारले आर्थिक आपतकाल घोषणा गरेको थियो । खाद्यान्नको मूल्य आकासिएको, श्रीलंकाली मुद्रा कमजोर बनेको तथा विदेशी मुद्रा सञ्चिति निकै घटेको अवस्थामा श्रीलंका सरकारले यस्तो घोषणा गरेको हो ।
खाद्यान्न बजारमा ग्राहकहरूको लामो लाइन देखिन थालेको छ । पसलेहरूले सामान लुकाउन थालेका छन् । त्यसलाई निरुत्साहन गर्न सरकारले सामान थुपार्ने कामविरुद्धको नियम लागू गरे...