चोभार सुख्खा बन्दरगाहबाट निर्यात सुरू भएको छ । डेढ अर्ब रुपैयाँको लगानीमा बनाइएको सुख्खा बन्दरगाहबाट पहिलोपटक निर्यात भएको हो । चैतमा उद्घाटन भएयता आयातमात्रै भइरहेको बन्दरगाहबाट निर्यात सुरू भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।उनले भने, ‘आजदेखि निर्यात सुरू भएको छ । पहिलोपटक बन्दरगाहबाट ५ हजार १३० जोडी जुत्ता विदेश निर्यात भएको छ ।’ उनकाअनुसार यससँगै चोभार सुख्खा बन्दरगाहबाट निर्यातको बाटो समेत खुलेको छ । खासगरी, चोभार सुख्खा बन्दरग