विश्व बैंकसँग डेढ अर्ब रुपैयाँ ऋण लिएर बनाइएको चोभार सुख्खा बन्दरगाह अपेक्षाअनुसार चलेको छैन । यस्तै, उत्तरतर्फको तातोपानी नाका र रसुवागढी नाकालाई चीनले सुनसान बनाएको छ । उता टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको काम छाडेर कामदार सुटुक्क चीन पुगेका छन् । नेपालमा व्यापार पूर्वाधार निर्माण र त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी इन्टरमोडल यातायात विकास समितिको हो, जसले सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण, सञ्चालन र व्यवस्थापन गर्छ । प्रस्तुत छ, नेपालमा निर्माण सम्पन्न भएका र निर्माणाधीन