दाङ र बुटवलमा अक्सिजन अभाव भएपछि बिरामी पोखरासम्म

राजधानी काठमाडौं सहित बुटवल, दाङ, नेपालगञ्जका अस्पतालमा त अक्सिजनको हाहाँकार नै हुन थालेको छ । बुटवलका अस्पतालले त अक्सिजन नभएको भन्दै बिरामी भर्ना लिनै छाडेका छन् । अन्यत्रका अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि अहिले पोखरामा उपचारकै लागि भनेर टाढा टाढाबाट...

सम्बन्धित सामग्री

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले ज्यान गुमाएका हुन् । बैशाख ११ गतेभन्दा पहिला ३४ जना बिरामीको मृत्यू भएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दिएको जानकारी अनुसार, हालसम्म १ लाख ६ हजार १७ जनाले आरटी पीसीआर […] The post कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

ग्रीन सिटी अस्पतालमा पनि अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

२९ वैशाख, काठमाडौं । काठमाडौंको धापासीस्थित ग्रीन सिटी अस्पतालले अक्सिजन अभावमा कोभिड–१९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेको छ । अस्पतलले बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा समस्या आएको भन्दै अस्पतालले नयाँ भर्ना गर्न नसक्ने र उपचाररत बिरामीलाई समेत जुनसुकै बेला स्थानन्तरण गर्नुपर्ने अवस्था रहेको जनाएको हो । हाल आईसीयूमा १० र […]

अनलाइनखबर

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

अस्पताल प्रशासनले बुधबार एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो।

दाङमा अक्सिजन अभाव, एउटा सिलिण्डर दुई जनालाई

दाङ – दाङमा अक्सिजन अभाव भएको छ । दाङको शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेशनमा अक्सिजनको अभावमा एउटै सिलिण्डरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने अवस्था छ । आइसोलेशनमा कोरोना सङक्रमित बिरामीलाई अक्सिजन सिलिण्डर अभाव भएपछि एउटा अक्सिजन सिलिण्डर र एउटै अक्सिफ्लो मिटरबाट दुई जनालाई अक्सिजन दिनुपर्ने बाध्यता रहेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताउनुभयो । ‘आइसोलेशनमा सङक्रमित बिरामीको चाप धेरै छ र अक्सिजनको अभाव पनि छ’, संयोजक पुनले...

उज्यालो अनलाइन

ठूला सहरबाट बिरामी आउँदा पोखराका अस्पतालमा चाप

राजधानी काठमाडौं सहित वुटबल, भैरहवा, दाङ, नेपालगञ्जका अस्पतालमा कोरोना बिरामीका लागि शैया र अक्सिजन तथा भेन्टिलेटर अभाव छ । अस्पतालमा उपकरण र अक्सिजन अभाव भएका ती ठाउँका बिरामी अहिले उपचार खोज्दै धमाधम पोखरा आउन थालेपछि यहाँका अस्पतालमा चाप बढ्दो छ ।...

नागरिक दैनिक

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।...

नागरिक दैनिक

लुम्बिनीका मुख्यमन्त्रीले भने- अब अक्सिजन अभाव हुदैन

बुटबल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभाव नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुन थालेको उल्लेख गरेका छन्।बन्द रहेको दाङको अक्सिजन प्लान्ट सुचारु भएको र भारतबाट पनि लिक्विड अक्सिजन आउन थालेकाले अक्सिजन अभाव नहुने बताएका छन्। “थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भयो। अब अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं,” पोखरेलले भनेका छन्।

Dekhapadhi

अक्सिजन अभाव भएपछि बिरामी भर्ना लिन छाडियो

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभावकै कारण अस्पतालले बुधबार बेलुकीदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकेको छैन।...

नागरिक दैनिक

बाँकेमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना लिन बन्द

बाँके : कोभिड महामारीसँग जुझिरहेको बाँकेमा अक्सिजन अभाव भएको छ। सघन रुपमा कोरोनाको उपचार सेवा दिइरहेका अस्पतालहरुमा अक्सिजन अभावमा बिरामीहरु अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन्।सरकारी भेरी अस्पताल र निजी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना बिरामीको उपचार हुँदै आएको छ। १४२ बेड क्षमता रहेको भेरी अस्पतालका कोभिड वार्डमा १९२ बिरामी पुगेपछि बेड अभावमा अस्पतालले कोरोना बिरामी भर्ना गर्न बन्द गरेको छ।अस्पतालले जेनतेन सिलिण्डरबाट बिरामीलाई अक्सिजन पुर्याइरहेको छ। तर, मेडिकल कलेजमा ब

थाहा खबर

बेलझुण्डी अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गयो

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण वलीले उज्यालोलाई जानकारी दिनुभयो । कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा कैयौँको ज्यान जोखिममा परेको वलीले बताउनुभयो  ।  अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउँदै आएको छ । अक्सिजन लिन गएको ट्रक ला...

उज्यालो अनलाइन

नेपाल सुपर लिगमा बुटवल लुम्बिनीले पाेखरा थन्डर्सलाई हरायाे

काठमाण्डाै – नेपाल सुपर लिग फुटबलमा आइतवार भएकाे दाेस्राे खेलमा बुटवल लुम्बिनीले पाेखरा थन्डर्सलाई हराएकाे छ ।  दशरथ रङ्गशालामा भएकाे खेलमा बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई दुई–शून्यले हराएको हाे । बुटवलका अर्मान्ड बेडुमले एक गोल गरे । बुटवलले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ७६ औं मिनेटमा पोखराका अजित भण्डारीले आत्मघाती गोल गरेका हुन् ।  यसअघि आइतवार नै भएकाे पहिलाे खेलमा विराटनगर सिटीले धनगढी एफसीलाई तीन–शून्यले हराएकाे छ ।

उज्यालो अनलाइन