कास्की – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका एक सांसदले साथ नदिएपछि कांग्रेस र माओवादीलाई बहुमत पुर्याउन सकस भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गएकाे आइतवार (अस्ति) राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार बनाउन आह्वान गर्नुभएको थियो ।नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा मिलेर नयाँ सरकार बनाउने प्रयास गरे पनि जनमोर्चाका सांसद कृष्णबहादुर थापाले नमानेपछि सरकार गठन अलपत्र पर्ने सम्भावना बढेको छ । बुधवार (भोलि) दिउँसोसम्म...