काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार स्थायी भएको बताएका छन्। सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राख्दै ओलीले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गरे। ‘सरकार कसैले ढाल्छ कि नसोच्नुहोला। अहिले धेरै खेलाडीहरू दर्शक भएका छन्। यो यत्तिकै बनेको छैन। यो सरकार स्थिरताका लागि बनाइएको हो।’ उनले भने, ‘त्यसकारण यो सरकार स्थिर र प्रभावकारी सरकारका रुपमा अगाडि बढ्छ।’ओलीले यो सरकार स्थायी ह