काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज बुधवार बेलुका छलफल भएको छ । अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका बारेमा छलफल गर्न विप्लवसहितका नेता बालुवाटार पुगेका हुन् ।
गएको फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा आएको हो । तर सहमतिअनुसार कार्यकर्ता रिहाइ लगायतका माग पूरा नभएकाले नयाँ सरकार बनेलगत्तै विप्लवले राजनीतिक भेटघाटलाई तीव्र बनाउनुभएको छ ...