प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष यादवबीच आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।भेटवार्तामा देउवा र यादवबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको जनता समाजवादी पार्टीका एक नेताले बताए ।