भारतमा २०० मेगावाट बिजुली बेच्न टेन्डर

काठमाडौं, बैशाख २५। अहिले औपचारिक रूपमै लोडशेडिङ गरिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षातमा भने २०० मेगावाट बिजुली भारतमा विक्री गर्ने भएको छ । प्राधिकरणले बोलकबोल (टेन्डर) मार्फत उक्त परिमाणको बिजुली भारतमा विक्री गर्न लागेको हो । प्राधिकरणले नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने २०० मेगावाट बिजुली भारतमा विक्री गर्नेछ । यसका लागि शुक्रवार टेन्डर सूचना […]

सम्बन्धित सामग्री

हिउँदमा भारतबाट ३६५ मेगावाट बिजुली आयात गर्न टेन्डर

काठमाडौँ । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो । आगामी १५ मंसिरदेखि १६ जेठ २०८० सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । हिउँदमा […]

हिउँदमा भारतबाट ३६५ मेगावाट बिजुली आयात गर्न टेन्डर

५ असोज, काठमाडौं । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो । आगामी १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । […]

भारतीय कम्पनीलाई सोझै बिजुली बेच्ने योजना असफल

बर्खायाममा २ सय मेगावाट बिजुली सोझै भारतीय कम्पनीलाई बेच्ने गरी खोलिएको टेन्डर रद्द भएको छ । नेपालमा बढी भएको बर्खायामको बिजुली प्रतिस्पर्धामार्फत भारतीय कम्पनीहरूलाई बेच्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले गत वैशाख २३ मा टेन्डर आह्वान गरेको थियो । तर अहिले बिजुली बेच्न नसकिने भन्दै प्राधिकरणले उक्त ठेक्का रद्द गरेको छ ।

भारतमा २०० मेगावाट बिजुली बेच्न टेन्डर

काठमाडौं । अहिले औपचारिक रूपमै लोडशेडिङ गरिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षात्मा भने २०० मेगावाट बिजुली भारतमा विक्री गर्ने भएको छ । प्राधिकरणले बोलकबोल (टेन्डर) मार्फत उक्त परिमाणको बिजुली भारतमा विक्री गर्न लागेको हो । प्राधिकरणले नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने २०० मेगावाट बिजुली भारतमा विक्री गर्नेछ । यसका लागि शुक्रवार टेन्डर सूचना प्रकाशित गरी भारतीय विद्युत् व्यापार कम्पनीलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्राधिकरणले साढे ४ महीना (२०२२ जुलाई १ देखि नोभेम्बर १५) सम्मका लागि त्यो बराबरको बिजुली भारत विक्री गर्न लागेको हो । उक्त विद्युत् किन्न इच्छुक भारतीय कम्पनीहरूले जेठ १३ गते (मे २७) मध्याह्न १२ बजेसम्म प्रस्ताव पेश गरिसक्नुपर्ने छ । सोही दिन प्राप्त प्रस्ताव खोलिने प्राधिकरणको भनाइ छ । इच्छुक कम्पनीले न्यूनतम ५० मेगावाट विद्युत् किन्ने गरी प्रस्ताव पेश गर्नुपर्ने शर्त राखिएको छ । विद्युत् खरीदविक्री दरका लागि भने सीमा तोकिएको छैन । टेन्डरमा जुन कम्पनीले धेरै दर तोक्छन्, उनीहरूलाई नै छनोट गरिने प्राधिकरणको भनाइ छ । यो टेन्डर सफल भएमा प्राधिकरणले पहिलोपटक भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्न शुरू गर्नेछ । यसअघि विद्युत् आदानप्रदान वा इनर्जी बैंकिङको रूपमा भारतमा निर्यात गर्दै आएको थियो । प्राधिकरणले नेपालका विभिन्न ६ जलविद्युत् आयोजनाको ३६४ मेगावाट विद्युत् भारतमा विक्री गर्न पाउने गरी स्वीकृति पाएको छ । त्यसमध्येबाट २०० मेगावाट स्थिर मूल्य दरमा विक्री गर्ने गरी टेन्डर आह्वान गरिएको हो । प्राधिकरणले त्यसबाहेकको बिजुली भने भारतीय खुला विद्युत् बजार (डे अहेड मार्केट) मा दैनिक बिडिङ गरेर विक्री गर्न सक्नेछ । प्राधिकरणले भारतीय खुला विद्युत् बजारमा बिजुली किनबेच गर्न पाउने गरी यसअघि नै स्वीकृति पाइसकेको थियो । स्वीकृतिअनुसार प्राधिकरणले भारतीय बजारमा दैनिक बिडिङ गरेर पनि बिजुली किनबेच गर्न पाउनेछ । त्यसरी बिजुली किनबेच गर्दा हरेक दिन विक्री मूल्य फरक हुनेछ । साथै, टेन्डरमार्फत स्थिर मूल्यमा पनि बिजुली किनबेच गर्न पाइनेछ । अहिले प्राधिकरणले भारतको खुला बजारबाट दैनिक बिड गरेर विद्युत् आयात गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टेन्डरमार्फत भारतमा २०० मेगावाट विद्युत् विक्री गर्ने प्रक्रिया अगाडि बढाएको बताए । ‘भारतीय बजारमा ३६४ मेगावाट विद्युत् विक्री गर्न हामीले अनुमति पाइसकेका छौं । त्यसमा २०० मेगावाट टेन्डरमार्फत विक्री गर्न लागेका हौं,’ उनले भने, ‘भारतीय कम्पनीहरू के कसरी आउँदा रहेछन्, त्यो हेर्न पनि हामीले टेन्डर गरेका हौं । त्यसपछि पनि विद्युत् बाँकी भएमा डे अहेड मार्केटमा विक्री गर्न सक्नेछौं ।’ सुक्खा यामका कारण अहिले स्वदेशी उत्पादन कम हुँदा प्राधिकरणले भारतबाटै विद्युत् आयात गरिरहेको छ । तर, उसले भारतबाट मागअनुसार बिजुली पाउन सकेको छैन । भारतमा कोइलाबाट विद्युत् उत्पादन हुन्छ । रूस–युक्रेन तनावका कारण पछिल्लो समय कोइला अभाव हुँदा भारतको विद्युत् उत्पादन घटेर उतै लोडशेडिङ हुन थालेको छ । फलस्वरूप प्राधिकरणले त्यहाँबाट बिजुली पाउन नसकेको हो । आपूर्ति व्यवस्थापन गर्न यहाँ पनि औद्योगिक क्षेत्रमा लोडशेडिङ गर्न थालिएको छ । वर्षात्को समयमा खोलामा पानी बढेपछि यहाँको उत्पादन स्वत: बढ्छ । वर्षात्मा नेपालका जलविद्युत् आयोजनाहरू कुल क्षमतामै सञ्चालन हुन्छन् । त्यो अवस्थामा भने नेपालमा मागभन्दा बढी विद्युत् उत्पादन हुने गर्छ । अहिले राष्ट्रिय प्रसारण लाइनमा विद्युत्को कुल जडितक्षमता २१९१ मेगावाट छ । वर्षात्मा उक्त बराबर विद्युत् उत्पादन हुन्छ । अहिले नेपालको अधिकतम विद्युत् माग १६०० मेगावाट छ । त्यसअनुसार वर्षात्मा झन्डै ६०० मेगावाट विद्युत् खेर जाने अवस्था आउँछ । यसअघि २०७७ पुसमा प्राधिकरणले भारतमा २५ मेगावाट विद्युत् विक्री गर्ने गरी टेन्डर हालेको थियो । भारतको एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएनमार्फत भारतकै बीआरपीएल नामक कम्पनीले आह्वान गरेको टेन्डरमा प्राधिकरणले प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा त्यस बराबरको विद्युत् विक्री गरी प्रस्ताव पेश गरेको थियो । अन्त्यमा प्राधिकरण उक्त टेन्डरबाट बाहिरिएको थियो । त्यसबेला भारतमा बिजुली पर्याप्त थियो । नेपालले पनि सोही दरमा बिजुली किन्दै आएको थियो । सोही दरमा प्रस्ताव पेश गर्दा प्राधिकरण बाहिरिएको थियो । तर, यसपालि बिजुली विक्री हुने विश्वास गरिएको छ । अहिले भारतीय बजारमा विद्युत् संकट छ । त्यहाँ भारू १२ मै विद्युत् किनबेच हुने गरेको छ । त्यस अवस्थामा नेपालको विद्युत् सहजै विक्री हुने बताइएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा

काठमाडौं/दोलखा । निर्माणका क्रममा विभिन्न आरोह अवरोहको सामना गर्दै अन्ततः राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमवारदेखि सञ्चालनमा आएको छ । सोमवारदेखि उक्त आयोजनाको ७६ मेगावाट क्षमता भएको एक युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन गर्न शुरू गरिएको हो । कुल क्षमता ४५६ मेगावाट रहेको यस आयोजनाको निर्माण विसं २०६७ देखि शुरू भएको थियो । त्यसबेला आयोजनाको मुख्य सिभिल निर्माण थालनी गरिएको थियो । त्यसपछि २०७८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले यस आयोजनाको शिलान्यास गरेका थिए । सोमवार एक औपचारिक कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उद्घाटन गर्नुभएको हो । उहाँले काठमाडौंबाट भर्चुअल माध्यमबाट दोलखाको बिगु गाउँपालिकास्थित आयोजनाको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित ऊर्जामन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा आयोजनाका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो । आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी लगानीमा यतिका ठूलो आयोजना बन्नु खुशीको कुरा भएको बताउनुभयो । आयोजनाले ऊर्जाक्षेत्रको मात्र नभएर राष्ट्रको नै आत्मविश्वास बढाएको उहाँको भनाइ थियो । ऊर्जामन्त्री पौडेलले नेपाली पूँजीमा निर्मित आयोजनाबाट मुलुकको अर्थतन्त्रमा ठूलो उपलब्धि हुने बताए । आयोजनाका कारण अब नेपालमा लोडशेडिङको पुनरावृत्ति नहुने उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजनाले वार्षिक २२८ करोड युनिट बिजुली उत्पादन गर्ने बताए । स्वदेशी लगानीमा बनेको उक्त आयोजना २०७३ भित्र नै सञ्चालनमा ल्याउने लक्ष्य लिइएको थियो ।  तर, आयोजना आपैm विवादमा पर्ने, निर्माण कम्पनीको खराब कार्यसम्पादन तथा प्राकृतिक प्रकोपलगायत कारण आयोजना समयमा सञ्चालनमा आउन सकेको थिएन । तोकिएको म्याद सकिएको झन्डै ५ वर्षपछि उक्त आयोजना सञ्चालनमा आएको हो । निर्माण कम्पनीको कार्यसम्पादन राम्रो नहुँदा निर्माण कार्यमा ढिला भएको आयोजनाको भनाइ छ । २०७२ सालको भूकम्पले आयोजनाको निर्माणमा नराम्रो प्रभावित ग¥यो । भूकम्पलगत्तै भारतीय नाकाबन्दीको असर पनि आयोजनामा परेको थियो । मधेश आन्दोलन तथा नाकाबन्दीका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, आयोजनाको डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारले विभिन्न बहानामा काममा गरेको ढिलाइजस्ता कारणले आयोजनाको निर्माण ढिलाइ भएको आयोजनाको दाबी छ । पहिले तोकिएको म्याद सकिएपछि पछिल्लोपटक गत आवभित्र नै आयोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण आयोजनाको निर्माण कार्य पुनः प्रभावित भयो । अन्ततः बहु प्रतीक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमवारदेखि बिजुली उत्पादन गर्न शुरू गरिएको हो । विशेषगरी लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे इन्जिनीयरिङले काम गर्न ढिलाइ गरेपछि कठिन मानिएको ३७३ मीटर लामो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी त्रिपक्षीय (आयोजना, टेक्सम्याको र एन्ड्रिज) सहमतिमा इलेक्ट्रोमेकानिकल (लट ३) को अस्ट्रियन ठेकदार कम्पनी एड्रिजलाई दिइएको थियो । एन्ड्रिजलाई तल्लो ठाडो सुरुङमा पेनस्टक जडान गर्ने काम दिइएपछि कामले गति लिएको थियो । ३१० मीटर लामो माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडानको काम भने टेक्सम्याकोले नै गरेको थियो । आयोजनाको निर्माण कार्य लम्बिएपछि लागत पनि ह्वात्तै बढेको छ । पहिले रू. ३५ अर्बमा यो आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, हालसम्म आउँदा आयोजनामा रू. ८४ अर्ब खर्च भइसकेको छ । त्यसमा रू. ५२ अर्ब खुद लागत रहेको छ भने ब्याजबापत ३२ अर्ब खर्च हुने आयोजनाको भनाइ छ । अमेरिकी डलरको मूल्यमा आएको उतारचढावका कारण पनि लगानी बढेको बताइएको छ । यस आयोजनामा ७६/७६ मेगावाटका ६ युनिट रहेका छन् । त्यसमध्ये आयोजनाको पहिलो युनिट परीक्षणका रूपमा सोमवारदेखि सञ्चालनमा ल्याएको हो । बाँकी रहेका पाँचओटा युनिट पनि २/२ हप्ताको अन्तरमा सञ्चालनमा ल्याइने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । समय तालिकाअनुसार भदौभित्र सबै युटिन सञ्चालनमा आउने उनको भनाइ छ । आयोजनाबाट परीक्षणका रूपमा उत्पादन भएको विद्युत् खिम्ती ढल्केवर प्रसारण लाइनमार्पmत राष्ट्रिय प्रसारणमा जोडिएको छ । परीक्षण उत्पादन भएको १५ दिनपछि भने आयोजनाबाट व्यावसायिक रूपमा नै विद्युत् उत्पादन हुने बताइएको छ । सोमवार आयोजना उद्घाटन गर्ने भएपछि आइतवार नै खिम्ति सबस्टेशनदेखि गोंगरसम्मको ४७ दशमलव २ किलोमीटर लामो विद्युत् प्रसारण लाइन चार्जिङ गरिएको आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले बताए । आयोजनाको उद्घाटन गर्न प्रधानमन्त्रीले हतारो गरे पनि आयोजनाको रामेछापको पूmलासीमा रहेको स्टेशनमा उपकरण जडान गर्ने काम अझै सकिएको छैन । यस्तै रोलवालिङ खोला मिसाउने काम हुन सकेको छैन । सुक्खा यामका लागि रोलवालिङ खोलाबाट पानी ल्याउन आवश्यक रहेकाले रोलवालिङ डाइभर्सन बनाउन आवश्यक टेन्डर प्रक्रिया चलिरहेको आयोजनाको भनाइ छ । आयोजना सञ्चालनमा आएपछि कम्पनीको वित्तीय विवरणमा आगामी आवदेखि नै सुधार देखिने सीईओ श्रेष्ठले बताए । ‘अब आयोजना सञ्चालन आउने भएपछि आम्दानी भइहाल्छ । त्यसपछि वित्तीय विवरणमा सकारात्मक रूपमा प्रभाव देखिन थाल्छ,’ आर्थिक अभियानसँग उनले भने, ‘अहिलेसम्म आयोजना सञ्चालनमा नआएकाले कम्पनी घाटामा गएको हो । त्यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौं ।’ आयोजनाको प्रवर्द्धक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड चालू आवको चैत मसान्तसम्म रू. ३ करोड ५० लाख २८ हजारले घाटामा रहेको छ । चालू आवको अन्त्यसम्म त्यो थपघट हुन सक्छ । तर, आगामी आवदेखि भने त्यसमा सुधार आउने श्रेष्ठको भनाइ छ । ‘शेयरधनीलाई कुन समयमा कति लाभांश दिने भनेर अहिले नै भन्न सकिँदैन । तर, उनीहरूलाई राहत हुने आयोजनालाई सञ्चालन गर्नेछौं,’ श्रेष्ठले बताए । कम्पनीमा प्राधिकरणको ४१ दशमलव प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानीको कोष र राष्ट्रिय बीमा संथाको २÷२ प्रतिशत शेयर रहेको छ । साथै, सर्वसाधारणको १५ प्रतिशत र स्थानीय बासिन्दाको १० प्रतिशत शेयर अंश रहेको छ ।