काठमाडौं, भदौ १ । सामुदायिक विद्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले दरबन्दीको माग गर्दै बुधबारदेखि आन्दोलनमा उत्रने घोषणा गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले मंगलबार काठमाडौंमा सार्वजनिक कार्यक्रम गरी आफूहरू लामो समयदेखि सामुदायिक विद्यालयमा न्यून तलबमा काम गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गरेका छन्। परिषद्का अध्यक्ष गंगा तिवारीले सरकारले विद्यालय कर्मचारीको माग सम्बोधनबारे पटकपटक सहमति गरे […]