सहकारीका बचतकर्ताले मागदाबी गरेको १ अर्ब रकम अझै फिर्ता हुन बाँकी, ४५ करोड मात्रै फिर्ता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल शुरु गरेको छ । सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन सरोकारवालाको आग्रहमा मन्त्रालयले  आवश्यक पहल शुरु गरेको छ । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बचतकर्ताको बचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताए ।  सहकारी विभाग, समस्याग्रस्त सहकारी विकास समिति, राष्ट्रिय सहकारी महासङ्घ, सहकारीका प्रदेश जिल्ला र विषयगत सङ्घलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशनका साथै मन्त्रालयले पनि यसको नियमित अनुगमन गरिरहेको छ । ‘अनुगमन गर्नुपर्ने निकायको निष्क्रियता वा गलत प्रवृत्तिलाई प्रोत्साहन नदिन मन्त्रालय सचेत छ,’ उनले भने ।  सचिव रेग्मीले अहिलेसम्म बचतकर्ताले मागदाबी गरेको रू. एक अर्ब ४४ करोड रकममध्ये ४५ करोड रकम फिर्ता गरिसकेको र बाँकी रकम फिर्ता गर्न समस्याग्रस्त सहकारी विकास समितिबाट पहल भइरहेको बताए । समस्याग्रस्त सहकारीका एक हजारभन्दा बढी श्रेस्ता माग गरी अनुसन्धान भइरहेको तथा एक सयभन्दा बढी चल–अचल सम्पत्ति रोक्का राखी सञ्चालकको राहदानी, बैंक खाता र विदेश जान रोक्का गरिएको मन्त्रालयले जनाएको छ । कानुनको परिपालना नगर्ने र बचतकर्ताको बचत सुरक्षा नगर्ने सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट कारबाही भइरहेको जानकारी दिँदै मन्त्रालयले कुनै सहकारीले गलत काम गरेको पाइएमा त्यस्ता सहकारी संस्थाको विवरण उक्त समिति, सहकारी विभाग, प्रदेशस्थित सहकारी विभाग र मन्त्रालयमा पठाउन सबै बचतकर्तालाई सुझाव दिएको छ । असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानुनको दायरामा ल्याउन सहकारी सङ्घ र महासङ्घ अब निस्क्रिय रहेर बस्न नमिल्ने मन्त्रालयको भनाइ छ । उक्त कार्यमा विभागलाई सक्रिय भएर लाग्न र नियमित प्रगति उपलब्ध गराउन  रजिष्ट्रार  र निर्देशकलाई निर्देशनसमेत दिइसकेको छ । रासस

सम्बन्धित सामग्री

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

बाजुरा, २९ मङ्सिर । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोडमध्ये १० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो ।

गण्डकीबाट ८४ करोड बजेट फिर्ता

गण्डकी प्रदेश सरकार अन्तर्गत लमजुङमा रहेका प्रदेश कार्यालयहरूबाट आर्थिक वर्ष २०७९/८० मा ८४ करोड बढी रकम फिर्ता भएको छ । प्रदेश सरकारकारबाट जिल्लाको एक स्थानीय तहसहित १५ वटा कार्यालयका लागि आएको दुई अर्व सात करोड ६२ लाख रुपैयाँ मध्ये ८४ करोड ३५ लाख रुपैयाँ काम हुन नसकेपछि फिर्ता भएको हो । जिल्लास्थित कोष तथा लेखा […]

हुम्लाबाट ४४ करोड बजेट फिर्ता

सिमकोट – हुम्लाबाट गत आर्थिक वर्षको ४४ करोड ३० लाख बजेट फिर्ता भएको छ। आर्थिक वर्ष ०७९/०८० को ४४ करोड ३० लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार असार मसान्तसम्म जिल्लामा आएको बजेटको ८० प्रतिशत रकम खर्च भएको छ। संघीय सरकारबाट तीन अर्ब ६६ करोड […]

जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको बचत रकम फिर्ता

बझाङ – जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको रकम सरकारले फिर्ता पठाएको छ । झन्डै एक हजार सात सय जनाले जम्मा गरेका बचत रकम सरकाले फिर्ता गरेको जिल्ला हुलाक कार्यालय बझाङका प्रमुख राजेन्द्रबहादुर बोहराले बताउनुभयो । २०७६ साल चैत १२ गते जिल्ला हुलाक कार्यालयमा बचत भएको रकम हिनामिना भएको खुलेको थियो । हुलाक कार्यालयमा बचत खाता खोली स्थानियवासीले रकम जम्मा गर्दै आएका थिए । बचत रकम हिनामिनाको आरोप लागेका जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुख रणबहाद...

मेलम्चीमा फसेका दुई वाणिज्य बैंकको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता

काठमाडौं, भदौ ८ । अदालतको आदेशले मेलम्ची खानेपानी आयोजनाको ठेकदार कम्पनीका कारण दुई वाणिज्य बैंकको फसेको १ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता भएको छ । चिनको हानन प्रदेशको उच्च अदालतले बैंक ग्यारेन्टी बापतको रकम फिर्ता गर्न आदेशसहितको फैसला गरेपछि सो रकम फिर्ता भएको हो । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे १५ ब्युरोका […]

बैंक अफ काठमाडौँ र हिमालयनले पाए डेढ अर्ब रकम फिर्ता

काठमाडौँ-  बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बस्दा फसेको रकम फिर्ता पाएका छन् । उक्त काउन्टर ग्यारेन्टी बापतको रकममा बीओकेले ९० करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ आज फिर्ता पाएका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले खबरहबलाई जानकारी दिए । आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रयोजनका लागि मेलम्ची […]

सर्वोच्चको भवन बनाउने ठेकेदार कम्पनीले फिर्ता गर्‍यो ५ करोड

५ साउन, काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवन बनाउने ठेकेदारले ५ करोड ५ लाख रुपैयाँ फिर्ता गरेका छन् । फर्जी कागजातका आधारमा अनियमितता गरेको विवरण बाहिरिएपछि भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले रकम फिर्ता गरेको सर्वोच्च अदालत स्रोतले बतायो । ‘उनीहरुले ज्यामीले जग खन्ने भनेर दररेट तयार गरी उपकरणबाट जग खनेका थिए, त्यसबारेमा प्रश्न उठेपछि […]

लमजुङका १४ वटा सरकारी कार्यालयबाट ४३ करोड फिर्ता

गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङमा रहेका कार्यालयहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ४३ करोड भन्दा बढी रकम फिर्ता भएको छ ।प्रदेश सरकारकारबाट जिल्लाका १४ वटा कार्यालयका लागि आएको एक अर्ब ६८ करोड ५३ लाख ७१ हजार रुपैयाँँमध्ये ४३ करोड ६१ लाख ६० हजार रुपैयाँ तोकिएको काम हुन नसकी फिर्ता भएको हो ।जिल्लास्थित कोष तथा लेखा नियन्त्रण […]

लमजुङमा १४ कार्यालयबाट ४३ करोड फिर्ता

लमजुङ – गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङमा रहेका कार्यालयहरुबाट ०७८/७९ मा मात्रै ४३ करोड भन्दा बढी रकम फिर्ता भएको छ । जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा विनियोजित चालु र पुँजीगत बजेटमध्ये एक अर्ब २४ करोड ९२ लाख ११ हजार रुपैयाँ मात्रै खर्च भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाका […]

सामाजिक सुरक्षाभत्ताको ४६ लाख रकम बेरुजु खातामा फिर्ता

खोटाङ : साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्तावापत दुई चौमासिकमा रु ४६ लाख रकम बेरुजु खातामा फिर्ता भएको छ।सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रण गर्न गाउँपालिकाले बैङ्किङ प्रणाली अपनाएर वितरण शुरु गरेपछि आर्थिक वर्ष २०७७/७८ को दोस्रो र तेस्रो चौमासिकमा रु ४६ लाख ७४ हजार ७६६ रकम बेरुजु खातामा फिर्ता गएको हो। आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिकमा एक हजार ४५९ जना लाभग्राहीका लागि रु एक करोड ३८ लाख ९८ हजार २८२ र तेस्रो चौमासिकमा एक हजार ४०८ लाभग्राहीका लागि रु करोड ३३ ला