राष्ट्रिय वाणिज्य बैंक र ई - सेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता

मंसिर २२, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ई - सेवा मनी ट्रान्सफर  बीच  रेमिट्यान्स् भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा बुधवार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ई - सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअन्तर्गत अब विदेशबाट ई - सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण  शाखाहरुबाट भुक्तानी हुनेछ । अब विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नेछन् र ई - सेवा मनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाताग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आर.बि. बि स्मार्ट डाउनलोड गर्नु पर्ने हुन्छ ।  यसपछि मुलुकभरी तथा संसारका २०० भन्दा बढी मुलुकमा कारोबार विस्तार गरिरहेको रेमिट कम्पनी, ई - सेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् र आर.बि बि स्मार्ट अर्थात बैंकको मोबाइल बैंकिंग एप प्रयोग गरेर ई - सेवा मनी ट्रान्सफरमार्फत नेपालभरी रहेका ई सेवाका नेटवर्क माझ जहाँपनि रेमिट्यान्स पठाउन वा पाउँन सकिन्छ ।  उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विनयरमण पौडेल, आनन्द सुवेदी, ई-  सेवा मनी ट्रान्सफरका महाप्रबन्धक सागर खनाल, कम्प्लायन्स प्रमुख ईन्द्र बस्नेत लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ ओटा जिल्लामा २५६ ओटा  शाखा कार्यालय, २४१ ओटा एटीएम र ९८ ओटा शाखा हित बैंकिङ्ग रहेको छ ।   

सम्बन्धित सामग्री

ई - सेवा र राष्ट्रिय वाणिज्य बैंक बीच रेमिट्यान्स् भुक्तानी सम्झौता

पुस ७, काठमाडौं । ई - सेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।  सम्झौतापत्रमा ई - सेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।  यस सम्झौताअन्तर्गत, अब विदेशबाट ई - सेवा मनी ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स्, राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ ओटा शाखा, ९८ ओटा शाखारहित बैंकिंग केन्द्र तथा ३४ ओटा एक्स्टेन्सन काउन्टरबाट सजिलै भुक्तानी लिन सकिनेछ । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स् पनि नेपालभरी रहेका ई - सेवा मनी ट्रान्सफरका १० हजारभन्दा धेरै एजेन्टबाट प्राप्त गर्न सकिनेछ।  प्रेस विज्ञप्तिमा चाँडै नै, राष्ट्रिय वाणिज्य बैंकका खाता ग्राहिले यस बैंकको मोबाइल एप अर्थात “आरबिबि स्मार्ट“ प्रयोग गरेर देश तथा विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ उल्लेख छ । साथै, मोबाइल एपबाट र्इ सेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा प्रयोग गरेर देशभरी आन्तरिक रेमिट्यान्स् पठाउनसमेत सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।